लन्डन । एनआरएनए यूके प्रतिनिधिमण्डलले बुधबार लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीसंग भेट गरि नेपाल हाउस प्रोजेक्टबारे छलफल गरेको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको नेतृत्वमा दूतावास गएको टोलीमा उपाध्यक्षहरु योगकुमार फगामी, दासुराम पाण्डे र शान्ति थापा कुंवर, महासचिव विजयविक्रम लिंग्देन, सचिव फडिन्द्र भट्टराई, सहकोषाध्यक्ष ललित न्यौपाने, प्रवक्ता खुशी लिम्बु, युवा संयोजक हरि आचार्य, पूर्व सदस्यहरु राजेश पाठक, कृष्ण भट्टराई लगायत सहभागी थिए । भेटमा एनआरएनए यूके पदाधिकारीले दूतावासबाट पूर्ण सहयोगको अपेक्षा राखेका छन् ।
उक्त भेटमा अध्यक्ष गुरुङले राजदूत समक्ष एनआरएनए यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टबारे अवगत गराए भने नेपाल हाउस प्रोजेक्टका टेक्निकल डाइरेक्टर राजेश पाठकले प्रोजेक्टको डिपिआर प्रस्तुत गरे । उपाध्यक्ष योगकुमार फगामीले प्रोजेक्टको उद्देश्यबारे बताए ।
राजदूत सुवेदीले एनआरएनए यूकेले ऐतिहासिक कार्य थालनी गर्न लागेकामा खुशी व्यक्त गर्दै दूतावासले नेपाल हाउस प्रोजेक्टका लागि आर्थिक सहयोग सम्भव नभएपनि नौतिक तथा अन्य सहयोग र समर्थन सधैं गर्ने आश्वासन दिएका थिए । उक्त नेपाल हाउसले बेलायत बस्ने नेपाली समुदायमा दीर्घकालिन सकारात्मक प्रभाव पार्ने सुवेदीको धारणा थियो । राजदूत सुवेदीले दूतावास र एनआरएनए यूकेबीच आपसी सहयोग र सहकार्य रहने आशा पनि व्यक्त गरे ।
उक्त अवसरमा राजदूत सुवेदीले नेपाल हाउस प्रोजेक्टकै लागि २६ डिसेम्बरमा अल्डरसटमा गर्न लागिएको च्यारिटी डिनरमा प्रमुख आतिथ्य स्वीकारे । उक्त च्यारिटीमा एनआरएनए आइसीसी अध्यक्ष शेष घलेलाई समेत निम्त्याउने योजना छ ।
उक्त भेटमा दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले नेपाल हाउस प्रोजेक्टबारे इङल्याण्डका अन्यत्र शहरमा समेत जानकारी सभा राख्न सुझाए । प्रतिउत्तरमा प्रवक्ता खुशी लिम्बुले वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा संघको क्षेत्रीय कमिटी गठन गरि अभियानलाई अझ सशक्त बनाइने योजना सुनाएका थिए ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड