लन्डन । लन्डन प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा लोक दोहोरी भिडन्त हुने भएको छ । त्यस क्षेत्रमा नेपाली जनसंख्या उल्लेख्य रहंदा लोकगीत पारखीहरुको चाहना पुरा गर्न यही आइतबार २७ नोभेम्बर सांझ कार्यक्रम राखिएको हो ।
दोहोरी कार्यक्रमका लागि नेपालका राष्ट्रिय कलाकारहरु सम्झना लामिछाने र मधुसुदन थापा सहभागी हुनेछन् ।
उनीहरु अल्डरसट निरमाया रोधीघरमा समेत गाउने व्यवसायिक कलाकार हुन् । कार्यक्रममा दर्शकले आफ्नो प्रतिभा प्रस्तुत गर्न र कलाकारहरुसंग दोहोरी गाउन नाच्न पाउनेछन् ।
सञ्चालक जीवन सेनका अनुसार प्रत्येक महिनाको अन्तिम आइतबार रेष्टुरेन्टमा लोक दोहोरी शुरु गरिएको छ । उनले लोकगीत संगीतको प्रवर्धन गर्ने उद्देश्यले पनि प्रत्येक महिना कार्यक्रम राखिएको बताए ।
उक्त चौतारी रेस्टुरेण्टमा प्रत्येक शुक्रवार वेलायतकै नेपाली युवायुवतीहरूबीच लोकप्रिय दाजु-भाई ब्यान्डले लाइभ म्यूजिक पनि प्रस्तुत गर्दै आएको छ ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा