लन्डन । लन्डन प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा लोक दोहोरी भिडन्त हुने भएको छ । त्यस क्षेत्रमा नेपाली जनसंख्या उल्लेख्य रहंदा लोकगीत पारखीहरुको चाहना पुरा गर्न यही आइतबार २७ नोभेम्बर सांझ कार्यक्रम राखिएको हो ।
दोहोरी कार्यक्रमका लागि नेपालका राष्ट्रिय कलाकारहरु सम्झना लामिछाने र मधुसुदन थापा सहभागी हुनेछन् ।
उनीहरु अल्डरसट निरमाया रोधीघरमा समेत गाउने व्यवसायिक कलाकार हुन् । कार्यक्रममा दर्शकले आफ्नो प्रतिभा प्रस्तुत गर्न र कलाकारहरुसंग दोहोरी गाउन नाच्न पाउनेछन् ।
सञ्चालक जीवन सेनका अनुसार प्रत्येक महिनाको अन्तिम आइतबार रेष्टुरेन्टमा लोक दोहोरी शुरु गरिएको छ । उनले लोकगीत संगीतको प्रवर्धन गर्ने उद्देश्यले पनि प्रत्येक महिना कार्यक्रम राखिएको बताए ।
उक्त चौतारी रेस्टुरेण्टमा प्रत्येक शुक्रवार वेलायतकै नेपाली युवायुवतीहरूबीच लोकप्रिय दाजु-भाई ब्यान्डले लाइभ म्यूजिक पनि प्रस्तुत गर्दै आएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी