
योग शिविर उद्घाटन ः वीरगन्जको आदर्शनगर रङ्गशालामा विहिबार अयोजित योग विज्ञान शिविर २०७३को उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी । शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ तन, स्वास्थ मनले नै स्वास्थ समाजको निर्माण हुने विचार व्यक्त गर्नुभएको छ । तस्विर ः बिजय कुमार महतो, रासस
वीरगन्ज, ९ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ ।
वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्दछ भन्नुभयो । योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने गर्दछ भन्नुभएको छ ।
उहाँले यो देश ऋषिमुनिको तपोभूमि हो र वैदिक शास्त्रले पनि यसलाई मानेको छ भन्नुभयो । योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगन्ज देओस् भन्ने कामना पनि गर्नुभयो ।
सोही अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताउनुभयो ।
सो अवसरमा स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति छ ।
सो अवसरमा स्वामी रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान पनि गर्नु भएको थियो । विहान ५ः२३ बजे उदघाटन गर्नु भएको र पाँचहजारभन्दा बढी मानिसको सहभागिता रहेको शिविरमा स्वामी रामदेवले योगाभ्यास गराउनुभएको थियो ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ