काठमाडौँ, ८ मङ्सिर । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आन्तरिक उपनिवेशमा परेका मधेसी समुदायलाई मुक्त गर्न पार्टी सङ्घर्षमा रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा आज पार्टी सदस्यता वितरण कार्यक्रममा उहाँले मधेस एवम् मधेसी जनताको हकअधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभयो ।
अध्यक्ष ठाकुरले संविधान संशोधनको प्रक्रिया अघि बढे पनि अहिलेसम्म सत्तारुढ र विपक्षी दलकातर्फबाट ठोस प्रस्ताव आउन बाँकी रहेको बताउँदै आफ्ना माग सम्बोधन हुने गरी प्रस्ताव आए मात्र त्यसलाई स्वीकार गर्ने जानकारी दिनुभयो ।
तमलोपाका उपाध्यक्ष वृषेश चन्द्रलाल र केन्द्रीय सदस्य चन्दा चौधरीले पार्टी सङ्गठनिक संरचनालाई दुरुस्त पार्न सदस्यता अभियान सञ्चालन गरिएको बताउनुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक