काठमाडौँ, ८ मङ्सिर । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आन्तरिक उपनिवेशमा परेका मधेसी समुदायलाई मुक्त गर्न पार्टी सङ्घर्षमा रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा आज पार्टी सदस्यता वितरण कार्यक्रममा उहाँले मधेस एवम् मधेसी जनताको हकअधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभयो ।
अध्यक्ष ठाकुरले संविधान संशोधनको प्रक्रिया अघि बढे पनि अहिलेसम्म सत्तारुढ र विपक्षी दलकातर्फबाट ठोस प्रस्ताव आउन बाँकी रहेको बताउँदै आफ्ना माग सम्बोधन हुने गरी प्रस्ताव आए मात्र त्यसलाई स्वीकार गर्ने जानकारी दिनुभयो ।
तमलोपाका उपाध्यक्ष वृषेश चन्द्रलाल र केन्द्रीय सदस्य चन्दा चौधरीले पार्टी सङ्गठनिक संरचनालाई दुरुस्त पार्न सदस्यता अभियान सञ्चालन गरिएको बताउनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता