
लन्डन । विगत लामो समय देखि आ–आफ्नै ढंगले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएका एक दर्जन भन्दा बढि सर्जक एभरेस्ट इन्टरटेन्मेन्ट एण्ड मेडिया हव अर्थात इ मेडिया हवमा आवद्ध भएका छन् ।
मनोरन्जन र मेडिया दुई मुलधारलाई आधार बनाएर समाजसेवा गर्ने इमेडिया हबको उद्देश्य छ । बेलायती नेपाली समाजमा सबै जातजातीलाई समेट्दै नेपाली मनोरञ्जनात्मक वातावरणको आवश्यकता महशुस गरि इमेडिया हबको जन्म भएको सिइओ इश्वर चाम्लिङले प्रेस मिटमा बताए ।
बेलायतको अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गत २० नोभेम्बर आइतबार आयोजित शेयर होल्डर मिटिङ तथा प्रेस मिट कार्यक्रममा इ मेडिया हब लिमिटेडको बोर्ड अफ डाइरेक्टरहरुको चयन सहित वर्ष २०१६, १७ का लागि सिजन १ र सिजन २ का कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
बोर्ड अफ डाइरेक्टर्सको नेतृत्व चिफ एक्जुकेटिभ अफिसरमा ईश्वर चाम्लिङ चुनिएका छन् भने चिफ फाइनान्सियल अफिसरमा कृष्ण मेन्याङ्बो र मुकेश राई, चिफ अपरेटिङ अफिसरमा नवराज राई तथा किसन राई, चिफ एडमिनिस्ट्रेसन अफिसरमा किशोर पुन, चिफ मार्केटिङ अफिसरमा किरण चाम्लिङ र दिपक राई, चिफ मेडिया अफिसरमा जानुका राई र भूमिराज राई चुनिए ।
सिजन १ मा न्यू इयर इभ डान्स पार्टी सँगै इ मेडिया हव जन्मोत्सव गरिने जानकारी गराइएको छ । आगामी शनिबार ३१ डिसेम्बर २०१६ मा आयोजना गरिने उक्त कार्यक्रमको प्रवेश निशुल्क हुनेछ साथै कम्पनीले एक तोलाको सुनको लकेट सहितको इमेडिया हब राफल ड्र पनि गर्ने भएको छ ।
इमेडिया हव सिजन २ मा नेपालबाट चर्चित कलाकारहरु मनोज गजुरेल, रेवत राई, मेलिना राई र माला लिम्बु सहितको सांगीतिक कार्यक्रम बेलायतका बिभिन्न शहरमा गरिने जनाइएको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित