
लन्डन । प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) नर्थ वेष्ट कमिटीको बैठक अध्यक्ष बसन्त नेपालको अध्यक्षतमा सम्पन्न भएको छ । बैठकले कमिटीको अधिवेशन तीन महिनाभित्र गर्ने निर्णय
गर्दै सदस्यता नवीकरण र नयां लिन आव्हान गरेको छ ।
त्यसैगरि, बैठकले आगामी डिसेम्बर २० तारिख मंगलबार यूरो ट्राभलर होटल लन्डनमा हुन लागेको मञ्चको १२ औं स्थापना दिवसलाई भव्य बनाउन न्यूनतम ५० जना सहभागी गराउने र आवश्यकता अनुसार सम्पूर्ण आर्थिक सहयोग जुटाउन कमिटी परिचालित हुने निर्णय गरेको छ ।
केन्द्रिय अध्यक्ष रामशरण सिम्खडा समेत सहभागी उक्त बैठकले स्थापना दिवसमा सहभागिताका लागि सबैमा आव्हान गरेको छ । बैठकमा कृष्ण तिवारी, उमेश मोक्तान, अर्जुन चापागाईं लगायत उपस्थित थिए ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा