लन्डन । बेलायतको सबै भन्दा ठूलो जातीय तथा सामाजिक संस्था ठानिने तमुधिं यूकेको बाग्डोर अध्यक्ष ज्ञाम गुरुङको कांधमा आइपुगेको छ । ९ औं कार्यसमितिका लागि शनिबार उनी निर्विरोध अध्यक्ष चयन भए । संस्थामा छोटै समयमा सबैको मन जितेका उनी उमेरमा कान्छो अध्यक्ष हुन् । बेलायती सेनामा दुई दशक बिताएर अवकास लिएपछि उनी सामाजिक काममा अग्रसर भएका थिए ।
केन्ट र चार भन्ज्याङ गरि दुई इकाइमा महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि तमुधिं केन्द्रमा आवद्ध भए उनी । तमुधिं यूके केन्द्रमा सचिव, महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा काम गरेपछि यसपटक उनलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी आएको हो ।
मिलनसार, हंसिलो स्वभाव, मिडिया फ्रेन्ड्ली र संस्थाप्रति कटिवद्ध ज्ञाम गुरुङ नेपाली समुदायमा परिचित नाम हो । विभिन्न संघसंस्था जस्तै एनआरएनए यूके सल्लाहकार, यती एसोसिएसन यूके सल्लाहकार, सहारा यूके सल्लाहकार, पर्वत वेलफेयर सोसाइटी यूके सल्लाहकार छन् उनी ।
पहिले पर्वत र हाल पोखरा स्थायी निवासी उनी बेलायतको फोकस्टन केन्टमा सपरिवार बस्छन् । उनको पोखरा ट्राभल एवं मनी ट्रान्सफर व्यवसायले पनि नेपाली समुदायमा प्रतिष्ठा कमाइरहेको छ । एभरेष्ट टाइम्स साप्ताहिकमा समेत संलग्न उनी लेखनमा पनि उत्तिकै सक्रिय छन् ।
पृथ्वी नारायण बहुमुखी क्याम्पसबाट आइएस्सी गरेका उनी सैनिक जीवनपछि सामाजिक सेवामा लागेका हुन् ।
नयां कार्यसमिति र सल्लाहकारहरुसंगको सल्लाहपछि ल्होसारमा हेन्ड ओभर र टेक ओभरका क्रममा भावी विस्तृत कार्यक्रम घोषणा गरिने उनले जनाए । तमुधिं यूकेको पुराना कार्यक्रम गोर्खा कप, नेपाली मेला आदिलाई निरन्तरता दिंदै तमुधिं यूके भवन अझ विस्तार गर्ने उनको सोच छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित