लन्डन । बेलायती प्रहरीले राजधानी लण्डनको हिथ्रो विमानस्थल जाने बाटो अवरुद्ध गर्ने १५ जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ ।
विमानस्थलमा जाने बाटोमा जलवायु परिवर्तन नियन्त्रणका लागि जुटेका एक समूहले शनिबार सबेरै विमानस्थल जाने सडकमा सुतेर प्रदर्शन गरेपछि केही समय सडक अवरुद्ध बनेको थियो ।
उक्त समूहले हिथ्रो विमानस्थलको विस्तार गर्दा हजारौँ घरलाई क्षति पुग्ने र वातावरणमा समेत असर पर्ने भन्दै ‘पृथ्वीलाई जोगाऊँ, थप धावनमार्ग चाहिँदैन’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
लन्डन महानगर प्रहरीले विमानस्थल जाने सडकमा प्रदर्शन गरी सडक अवरुद्ध गर्ने १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
बेलायती सरकारले गत महिना हिथ्रोमा तेस्रो धावनमार्ग निर्माण गर्ने योजनालाई स्वीकृत गरेको थियो । स्थानीयवासी तथा केही वातावरण संरक्षणमा कार्यरत सङ्घसंस्थाले थप विमानस्थल निर्माण गर्दा वायु, आवाज प्रदूषण हुने र हजारौँ घरमा क्षति पुग्ने भन्दै विरोध जनाउँदै आएका छन् ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता