लन्डन । बेलायती प्रहरीले राजधानी लण्डनको हिथ्रो विमानस्थल जाने बाटो अवरुद्ध गर्ने १५ जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ ।
विमानस्थलमा जाने बाटोमा जलवायु परिवर्तन नियन्त्रणका लागि जुटेका एक समूहले शनिबार सबेरै विमानस्थल जाने सडकमा सुतेर प्रदर्शन गरेपछि केही समय सडक अवरुद्ध बनेको थियो ।
उक्त समूहले हिथ्रो विमानस्थलको विस्तार गर्दा हजारौँ घरलाई क्षति पुग्ने र वातावरणमा समेत असर पर्ने भन्दै ‘पृथ्वीलाई जोगाऊँ, थप धावनमार्ग चाहिँदैन’ भन्ने नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।
लन्डन महानगर प्रहरीले विमानस्थल जाने सडकमा प्रदर्शन गरी सडक अवरुद्ध गर्ने १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
बेलायती सरकारले गत महिना हिथ्रोमा तेस्रो धावनमार्ग निर्माण गर्ने योजनालाई स्वीकृत गरेको थियो । स्थानीयवासी तथा केही वातावरण संरक्षणमा कार्यरत सङ्घसंस्थाले थप विमानस्थल निर्माण गर्दा वायु, आवाज प्रदूषण हुने र हजारौँ घरमा क्षति पुग्ने भन्दै विरोध जनाउँदै आएका छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा