लण्डन । बेलायतस्थित नेपालीको प्रभावशाली सँस्थामध्ये एक तमुधिं यूकेको अध्यक्षमा ज्ञाम गुरुङ निर्विरोध भएका छन् ।
तमुधिँ युकेको अाज तमुधिँ भवन मिचेटमा सम्पन्न अधिवेसनले उनलाई अध्यक्षमा सर्वसम्मतिले चुनेकाे हाे ।
यसैगरी दुई उपाध्यक्ष पदमा नन्दजङ्ग गुरुङ र हितकाजी गुरुङ निर्विरोध चयन भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएका वर्तमान कार्यसमितिका महासचिव हरि गुरुङ, कोषाध्यक्ष जुमकाजी गुरुङ, पुनम गुरुङ र मञ्जु गुरुङले सर्वसहमतिका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सबै पद निर्विरोध चयन भएकाे हाे ।
त्यस्तै कृष्ण गुरुङ महासचिव, तुलाराम गुरुङ सचिव, दिपक गुरुङ कोषाध्यक्ष, कुमार गुरुङ सहकोषाध्यक्ष, रोहित गुरुङ प्रवक्ता, क्या.पिताम्बर गुरुङ खेलकुद सचिव, लैन्चकुमार गुरुङ प्रोपर्टी सचिव, कृष्ण गुरुङ सांस्कृतिक सचिव, एसके गुरुङ र मान गुरुङ वेभ र मिलन तमु फोटोग्राफरमा चयन भएका छन् ।
अधिवेसनमा महासचिव हरि गुरुङ र कोषाध्यक्ष जुमकाजी गुरुङले प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङको अध्यक्षतामा सम्पन्न सो अधिवेसनमा उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने महासचिव हरि गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
निर्वाचन सम्पन्न गर्नका लागि समितिका संयोजक एकेन्द्र गुरुङ, सदस्य हरिकुमार काजी गुरुङ र क्या.रि. तिर्थमान गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ समितिले यही ल्हाेसारबाट कार्यभार ग्रहण गर्नेछ । नयाँ समितिको कार्यकाल दुई वर्षको हुनेछ ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड