अल्डरसट । अमेरिका निवासी समाजसेवी महिला डा. बिष्णुमाया परियार बेलायतमा सम्मानित भएकी छिन् । सृजनशील नेपाली समाज यूकेले आइतबार अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा उनको सम्मान गरेको हो ।
सृजनशील नेपाली समाज यूकेका अध्यक्ष सुक बहादुर सुनारले नेपालका दलित समुदायको उत्थानमा योगदान पुरयाए वापत परियारलाई सम्मानपत्र प्रदान गरे ।
सम्मानपछि बोल्दै डा. परियारले आफूले सञ्चालन गरेको छात्रवृत्ति र लघुवीत्त कार्यक्रमले सबै समुदायलाई समेटेको चर्चा गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका संरक्षक शेरबहादुर सुनार सहित अन्य पदाधिकारीहरु विकास रनपैली, कुमार सुनार, राजकुमार सुनार, चेत बहादुर परियार, दिलीप मोहरा लगायतले डा. बिष्णुमायाको योगदानको चर्चा गर्दै समाजमा भएको विभेद हटाउन सबै समुदायको सहयोग हुनुपर्ने विचार राखेका थिए ।
कार्यक्रममा नेत्र सुनार, सुमन गौतम, प्रमिला तामाङ र संगीता गैरे लगायत कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । नेपाली परम्परागत लोकबाजा पन्चेबाजा पनि प्रस्तुत गरिएको थियो ।
समाजका महासचिव धन बहादुर सार्कीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष भक्त बहादुर परियारले स्वागत गरेका थिए ।
यस अघि शनिबार गोर्खाली समाज यूकेले आयोजना गरेको च्यारिटी कार्यक्रममा डा. बिष्णुमाया परियारलाई डा. बाबुराम भट्टराईले सम्मान गरेका थिए । परियार गोर्खाली समाज यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् ।
सन् १९९९ मा अमेरिका पुगेकी विष्णुमायाले दलित महिला उत्थान संघ मार्फत नेपालका बालबालिकालाई छात्रबृत्ति र महिलाहरुलाई आत्म निर्भर बनाउन लघु बीत्त कार्यक्रमहरु सञ्चालन गरिरहेकी छिन् । हालसम्म उनले सञ्चालन गरेको अभियानबाट १२ हजार भन्दा बढि बालबालिका र ५ हजार भन्दा बढि महिला प्रत्यक्ष लाभान्वित भएका छन् ।
परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राइट्स अवार्ड दिएको थियो । उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो भने सन् २००६ मा हावर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेट (वियोन्ड द पिएचडी) ले सम्मान गरेको थियो ।
डा. परियारको सम्मानमा अमेरिकाको केन्टकीको लुइभिल शहरले सेप्टेम्बर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ मनाउने गरेको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी