लन्डन । २७ नोभेम्बरका दिन हुन लागेको ‘यूके डान्स अफ’ नृत्य प्रतियोगितामा चर्चित नायिका प्रियंका कार्कीको विशेष प्रस्तुति रहने भएको छ । सपन इन्टरटेनमेन्टद्वारा गर्न लागिएको उक्त प्रतियोगितामा भाग लिन प्रियंका मंगलबार लन्डन आइसकेकी छिन् भने नायक दयाहाङ राई आज बुधबार सांझ लन्डन आइपुग्ने कार्यक्रम छ ।
‘यूके डान्स अफ’ को अन्तिम प्रतिष्पर्धाका लागि गत १२ नोभेम्बरमा सम्पन्न अडिसनबाट एकल र समूह गरि १० टिम छानिएका छन् । आयोजकले सहभागीको नृत्य युट्युबमा राखेका छन् । फिनालेमा त्यस युट्युब भिडियोबाट २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक मण्डलबाट ५० प्रतिशत अंक प्रदान गरिने सपन इन्टरटेन्मेन्टका सपन राईले जनाए ।
प्रतिष्पर्धामा आर्टिष्ट कल्चर ग्रुप, सविता एण्ड ग्रुप, जेनी सुनुवार, काजल गुरुङ, रिचा एण्ड स्नेहा, पुनम गुरुङ, श्रद्धा छन्त्याल, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामाङ छन् ।
नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई निर्णायक र इभेन्ट एम्बासडर रहेको उक्त प्रतियोगितामा प्रथम हुनेले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड पुरस्कार र प्रमाणपत्र पाउने जनाइएको छ ।
सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने प्रतियोगिताको उद्देश्य नेपाली युवाहरुको प्रतिभा प्रस्फुटन गर्ने छ ।
प्रियंका, दयाहाङ लगायत अन्य कलाकारहरु बेलायतमा छायांकनमा समेत व्यस्त रहनेछन् । बेलायतका व्यवसायीहरुले निर्माण गर्न लागेको हाइ बजेट
फिल्म ‘हयाप्पी डेज’ को छायांकनमा उनीहरु ४५ दिन यूके बस्नेछन् ।
फिल्म निर्देशक मिलन चाम्स बेलायतको लन्डन, अल्डरसट, फार्नबोरो, स्वीन्डन, स्कटल्याण्ड, वेल्स लगायत शहरमा फिल्म छायांकन
गर्ने योजनामा छन् ।
‘हयाप्पी डेज’ मा वीपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सल, सपन राई र मिलन चाम्सको समेत करिब एक करोड ७० लाख रुपैयां लगानी हुनेछ ।
प्रतिष्पर्धामा सहभागी प्रतिष्ठा त्रिपाठीको नाच हेर्नुस्ः
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन