लन्डन । नयां शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतबार बेलायतस्थित अल्डरसटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रश्न गरे, ‘कतिपय साथीहरुले विषयान्तर गरेर मान्छे मारेकाबाट अब विकास कसरी सम्भव छ भन्नुहुन्छ । शहीदले बलिदान नदिइ विश्वमा कहां परिवर्तन र लोकतन्त्र आएको छ ? गणतन्त्रको फल मिठो लाग्ने, अनि हामीलाई हत्यारा र आतंककारी भन्न पाइन्छ ?’
क्रान्तिका बेला अप्रिय घट्ना स्वभाविक हुने जनाउंदै उनले सत्य निरुपण र मेलमिलाप आयोगमार्फत युद्धका बेला ज्यादती भएको भए आवश्यक प्रक्रिया गरेर दण्डित गर्न सुझाए ।
सयौं नेपाली सहभागी अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालीहरुको एउटै भोक र तिर्खा विकास र समृद्धि भएको बताए । ‘जुनसुकै कोण, विचारधारा र पार्टीबाट भएपनि सबैको चासो र चिन्ता गरिवी, बेरोजगारी र पछौटेपन छिटो भन्दा छिटो अन्त्य गर्नुपर्छ भन्ने छ’, उनको धारणा थियो ।
बेलायतमा पनि गणतन्त्र आएको धेरै समय पछि १८ औं शताब्दीमा औद्योगिक क्रान्ति आएको स्मरण गर्दै उनले राजनीतिक क्रान्ति बिना आर्थिक क्रान्ति नहुने दृष्टान्त पेश गरे । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अब विकास र समृद्धि सम्भव छ’, उनले भने, ‘यसैका लागि म माओवादीमा राम्रो सम्भावना हुंदाहुंदै एक्लै छाडेर नयां शक्तिमा लागें ।’ समृद्धिका लागि लोकतन्त्रको ढांचा अझ उन्नत गर्न जरुरी रहेको उनले बताए ।
नेपालमा शासकीय प्रणालीले स्थिर सरकार नदिने बताउंदै उनले राजनीतिक स्थिरता ल्याउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देश जानुपर्ने उनले बताए ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नयां शक्ति नेपाल आवद्ध कृषि वीद मदन राई र नवराज सुवेदीले पनि आफ्नो धारणा राखेका थिए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा