लन्डन । नयां शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतबार बेलायतस्थित अल्डरसटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रश्न गरे, ‘कतिपय साथीहरुले विषयान्तर गरेर मान्छे मारेकाबाट अब विकास कसरी सम्भव छ भन्नुहुन्छ । शहीदले बलिदान नदिइ विश्वमा कहां परिवर्तन र लोकतन्त्र आएको छ ? गणतन्त्रको फल मिठो लाग्ने, अनि हामीलाई हत्यारा र आतंककारी भन्न पाइन्छ ?’
क्रान्तिका बेला अप्रिय घट्ना स्वभाविक हुने जनाउंदै उनले सत्य निरुपण र मेलमिलाप आयोगमार्फत युद्धका बेला ज्यादती भएको भए आवश्यक प्रक्रिया गरेर दण्डित गर्न सुझाए ।
सयौं नेपाली सहभागी अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालीहरुको एउटै भोक र तिर्खा विकास र समृद्धि भएको बताए । ‘जुनसुकै कोण, विचारधारा र पार्टीबाट भएपनि सबैको चासो र चिन्ता गरिवी, बेरोजगारी र पछौटेपन छिटो भन्दा छिटो अन्त्य गर्नुपर्छ भन्ने छ’, उनको धारणा थियो ।
बेलायतमा पनि गणतन्त्र आएको धेरै समय पछि १८ औं शताब्दीमा औद्योगिक क्रान्ति आएको स्मरण गर्दै उनले राजनीतिक क्रान्ति बिना आर्थिक क्रान्ति नहुने दृष्टान्त पेश गरे । ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अब विकास र समृद्धि सम्भव छ’, उनले भने, ‘यसैका लागि म माओवादीमा राम्रो सम्भावना हुंदाहुंदै एक्लै छाडेर नयां शक्तिमा लागें ।’ समृद्धिका लागि लोकतन्त्रको ढांचा अझ उन्नत गर्न जरुरी रहेको उनले बताए ।
नेपालमा शासकीय प्रणालीले स्थिर सरकार नदिने बताउंदै उनले राजनीतिक स्थिरता ल्याउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देश जानुपर्ने उनले बताए ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नयां शक्ति नेपाल आवद्ध कृषि वीद मदन राई र नवराज सुवेदीले पनि आफ्नो धारणा राखेका थिए ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा