लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नयां शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वागत, सम्मान तथा अन्तरक्रिया गरेको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलको कक्षमा आयोजित कार्यक्रममा डा. भट्टराईले आफ्नो पार्टी लोकप्रिय नारामात्र लिएर होइन, देश समृद्ध बनाउने संकल्पसहित आएको बताए । ‘विदेशमा रहेका तपाईं नेपालीको अनुभव हामीलाई लाभदायक छ’, भट्टराईले भने, ‘देश समृद्धिका लागि तपाईंहरुको भूमिका समेत अग्रणाी हुन्छ, मिलेर देश बनाऔं ।’
डा. भट्टराईले विदेशमा रहेका नेपालीलाई नेपाली नागरिकताको निरन्तरता दिनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले यसले नेपालीलाई मातृभूमिसंग जोडी राख्ने बताए । नागरिकताको निरन्तरता र भोट हाल्ने अधिकार दिनेबारे आफ्नो पार्टीले सधैं समर्थन गर्ने भट्टराईको धारणा थियो ।
संघका महासचिव विजयविक्रम लिङदेनले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष हिराधन राईले स्वागत मन्तव्य दिए ।
अघिल्लो दिन एनआरएनए यूकेले गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टको सम्मानमा समेत कार्यक्रम गरेको थियो ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा