साङलामा बाँधिएका थर्कबहादुरलाई युकेबाट सहयोग

tharka-bahadur2
लण्डन।  मानसिक असन्तुलनको कारण एक वर्षदेखि फलामको साङ्लोमा बाँधिन बाँध्य थर्कबहादुर लिम्बुको उपचारको निम्ति युकेबाट नेरु ४६ हजार ५ सय २० रुपैयाँ सहयोग गरिएको छ ।
सो सहयोग यही शनिबार हस्तान्तरण भयो ।
तेलिया ७ खाम्नेरा, धनकुटाका लिम्बुलाई उपचारको लागि धरान ल्याइएको बखत स्वयं उनलाई समाजसेवी कमल तिगेला खेवाहाँङको हातबाट विजयपुर एफएमका हाईकिङ समूहको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
लिम्बुको अवस्थाबारे पत्रकार भैरव आङ्ला र सन्तोष काफ्लेको भिडियो समाचार रिपोर्ट हेरेलगत्तै युकेमा विश्वासदीप तिगेला र साथीहरुले सोसियल मिडियामार्फत सहयोग संकलन अभियान संचालन गर्नुभएको थियो र हङकङ र कोरियामा पनि सहयोग संकलन अभियान चलेको थियो । हङकङ र कोरियाबाट प्राप्त सहयोग रकमले पहिलो चरणको उपचार पूरा भएको थियो ।
लिम्बुलाई गत २ अगष्ट  २०१६ का दिन विपी कोइराला मेमोरियल अस्पताल धरानमा भर्ना गरिएको थियो । डा. मधुर बस्नेत र डा. आरती थापाको निगरानीमा उपचार शुरु भएको थियो । लिम्बुको स्वास्थ्यमा अहिले उल्लेख्य सुधार हुँदै आएको छ ।
 थर्कबहादुरलाई युकेबाट सहयोग गर्ने दाताहरु यसप्रकार छन्
१. विश्वास दीप तिगेला, आसफोर्ड ३० पाउण्ड
२. भोज कुमारी थोक्लेन, आसफोर्ड १० पाउण्ड
३. जीवन प्रकाश राई, आसफोर्ड २० पाउण्ड प्राप्त हुनेक्रममा
४. राम कुमार थेवे, अक्सफोर्ड २० पाउण्ड
५. अक्कलमान गुरूंग, मेडस्टोन १११ पाउण्ड
६. एम राई, मेडस्टोन ११ पाउण्ड
७. केशर एभेंग लिम्बु, मेडस्टोन, १० पाउण्ड
८. माधव रेग्मी, मेडस्टोन १० पाउण्ड
९. भिम थलंग, ताप्लेजुंग १५ पाउण्ड
१०. जस कन्दङ्वा, वेल्स १० पाउण्ड
११. दुर्गा घले डि बि घले, क्याम्बर्ली ३५ पाउण्ड
१२. खडग चोङवाङ, ब्रेकन १० पाउण्ड
१३. रि मेजर चित्रराज चोङवाङ, २५ पाउण्ड
१४. मन बहादुर माबोहाङ, आसफोर्ड ११ पाउण्ड
जम्मा ३२८ पाउण्ड

प्रतिक्रिया

सम्बन्धित सामाग्री