
दमकमा युवा सङघद्धारा २०४५ साल अघिका आश्रयदाता कार्यकर्ता सम्मान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष ओलीसहित पूर्व कानुनमन्त्री अग्नि खरेल लगायतका नेताहरु । तस्बिर ः यज्ञराज आङदेम्बे, रासस, दमक, झापा
दमक, २७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासको नेतृत्व अब एमालेले गर्ने बताउनुभएको छ । उहाँले मुलुकलाई समृद्धितर्फ लैजान एमालेले अगुवाइ गर्ने र त्यसलाई कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।
युवा सङ्घ नेपाल, दमक नगरकमिटीले आज आयोजना गरेको २०४५ सालअघिका अगुवा कार्यकर्तालाई सम्मान गर्दै अध्यक्ष ओलीले एमालेले लोकतन्त्र र समृद्धिको हितमा काम गरेकाले पनि जनताले एमालेको नेतृत्व चाहेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले मुलुकको हितमा काम गरेको र आम जनतामा समृद्धिको आशा पलाएको उहाँको भनाइ थियो ।
देश र जनताको अहित हुनेमा एमाले कहिल्यै कसैसँग सहकार्य नगर्ने चर्चा गर्दै उहाँले भन्नुभयो – “एमाले कसैको स्वार्थका निम्ति साक्षी बस्दैन ।”
उहाँले सरकारले संविधान संशोधन गर्न एमालेले साथ दिएन भन्ने हल्ला गरेर संविधान कार्यान्वयन असफल गराउन सत्ताधारी दलहरु लागेको आरोप लगाउनुभयो । नयाँ संविधान एमालेका कारण मुलुकले प्राप्त गरेकोमा जोड दिँदै संविधान कार्यान्वयन गर्न अहिले नै संविधान संशोधन गर्न आवश्यक नभएको जिकिर गर्नुभयो ।
उहाँले थप्नुभयो – “एमाले संविधान कार्यान्वयन गराउन कहिल्यै विरोधी छैन । तर संविधान संशोधनको भने स्पष्ट कारण देखाउनुपरयो नि ?” उहाँले संविधान संशोधन कसैको निहित स्वार्थका निम्ति भए त्यो कदापि आफ्ना लागि स्वीकार्य नहुनेमा जोड दिनुभयो ।
उहाँले सङ्घद्वारा सम्मानित दमक क्षेत्रका पार्टीका पुराना ६२ जना कार्यकर्तालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रममा पूर्व कानुनमन्त्री अग्नि खरेल, युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललगायतले बोल्नुभएको थियो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा