
एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा झिकिएको रकम नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरोले सार्वजनिक गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २५ कात्तिक । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केलीलाई आज पक्राउ गरेको छ ।
उनीहरु काठमाडौँको जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ परेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बाउन्न वर्षीय मुहरिम उजुन र ३२ वर्षीय सेलाहात्तिन याबरलाई ब्युरोबाट खटिएको टोलीले अत्याधुनिक कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
अभियुक्तबाट रु ३६ लाख ७५ हजार नेरु, एक हजार सात सय युरो र एक हजार छ सय ६० अमेरिकी डलर तथा विभिन्न एटिएम कार्ड ११३ थान, मोबाइल फोन दुई थान, एटिएम कार्डका पिन लेखिएको कागजको पाना आठ थान तथा करिब नेरु २६ लाख पर्ने स्विस घडी बरामद गरिएको छ ।
पछिल्लो समय नेपालमा बल्गेरिया, टर्की, रोमानिया लगायत देशका नागरिक पर्यटकले प्रवेशाज्ञा बनाएर नेपाल आई विभिन्न बैंकको एटिएममा पसेर रकम चोर्ने गरेको ब्युरोले जनाएको छ । सोमबार मात्र यस्तै आरोपमा तीन रोमानियाली पक्राउ परेका थिए । यसभन्दा पहिले २०७१ साल मङ्सिरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नेरु २६ लाख सहित टर्केली र चैतमा नेरु १८ लाख सहित बल्गेरियाली र गत साउनमा नेरु दुई लाख ६४ हजार सहित रोमानियाली पक्राउ परेका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले यस्ता अपराध अब दोहोरिन नदिन पूर्वी युरोपबाट आएका नागरिकमाथि निगरानी बढाइएको तथा बैंकसँग सहकार्य गरेर प्रहरी अघि बढिरहेको जानकारी दिनुभयो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा