काठमाडौँ, २५ कात्तिक । भारत र चीन दुवै छिमेकी मुलुकसँग आर्थिक सम्बन्ध विस्तार गर्दै नेपाललाई आर्थिक लाभ दिलाउने प्रतिबद्धता दुबै देशका लागि नवनियुक्त नेपाली राजदूतले व्यक्त गरेका छन् ।
उहाँहरुको सम्मानमा नेपाल चेम्बर अफ कमर्सले यहाँ आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले नेपालको आर्थिक समृद्धिका लागि उत्तर र दक्षिणसँग बराबर सहकार्य गर्दै लाभ लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले ‘भारतसँगको व्यापार गर्दा नेपालले प्रतिस्पर्धा गर्नसक्ने र फाइदा हुने विषयमा तथ्य तथ्याङ्कसहित आउनुहोस् म सकेको सहयोग गर्न तयार छु’, भन्नुभयो ।
उहाँले पछिल्लो समयमा भारतसँगको सम्बन्ध सुध्रिदै गएकाले दुबै देशबीचको व्यापार सहज हुने वातावरण सृजना भएको बताउँदै नेपाललाई आर्थिक समृद्धि दिलाउने खालको व्यापार गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सले भारत र चीनका नवनियुक्त नेपाली राजदूतको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल । तस्बिर ः रोशन सापकोटा, रासस
त्यस्तै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले ‘दीर्घकालीन व्यापार गर्ने सोच लिएर यहाँका व्यवसायी आउनुहोस् हामी चीनसँग सहजीकरण गर्न तयार छौँ’ भन्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारतको जनसङ्ख्यामध्ये शुन्य दशमलव एक प्रतिशत मात्रै पर्यटक नेपाल भित्र्याउन सके नेपाललाई अथाह लाभ हुने बताउँदै भारतसँग व्यापार सम्झौता गर्दा हिचकिचाउनुपर्ने परिपाटी र चीनसँग सम्झौता गर्दा भारतसँग डराउनुपर्ने परिपाटीले नेपालले आर्थिक लाभ लिन नसकेको गुनासो गर्नुभयो ।
पारवहन सहजीकरणका लागि त्रिदेशीय ‘इन्भेष्टमेन्ट समिट’ गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता