सनफ्रान्सिस्को (संयुक्त राज्य अमेरिका), २५ कात्तिक । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाभर विरोध प्रदर्शन शुरु भएको छ । विरोध प्रदर्शनका क्रममा पाँच जना घाइते भएका छन् ।
अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्राहारमा परी उनीहरु घाइते भएका हुन् ।
स्थानीय समयानुसार बेलुका बुधबार साँझ ७ बजेतिर ट्रम्प विरोधी प्रदर्शनकारीले पाइन र पिके सडकमा प्रदर्शन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
सियाटल प्रहरीका उपप्रमुख रोबर्ट मर्नरले भने गोलीकाण्ड ट्रम्प विरोधी प्रदर्शनभन्दा व्यक्तिगत विवादको कारण भएको बताउनुभएको छ । घटनास्थलबाट एक जना पक्राउ परेका छन् ।
घाइते भएका पाँच जनामध्ये एक जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरुलाई अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको सियाटल अग्नी नियन्त्रण विभागले ट्वीटरमार्फत जानकारी दिएको छ ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र अपराधिले उन्मुक्ति नपाउने अधिकारीले जनाएका छन् । रासस, सिन्ह्वा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च