बनेपा, २४ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाउनुभएको छ ।
नेपाली काँग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उहाँले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको सरकारले नेपाली काँग्रेसको सल्लाह बिना काम गरेको छ भन्नुभयो ।
नेता पौडेलले भन्नुभयो–“सरकार सञ्चालनका लागि आचारसंहिताको निर्माण गर्नुपर्दथ्यो र कम्तीमा एउटा कार्यक्रम बनाएर अघि जानुपथ्र्यो, तर नेतृत्वले ध्यान दिन सकेन । ”
नेतृत्वप्रति आक्रामकरुपमा प्रस्तुत हुनुभएका नेता पौडेलले सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न नसकेको उल्लेख गर्दै सरकारले जनतालाई उत्साहित बनाउने काम गर्न अझै बाँकी रहेको तर्क गर्नुभयो ।
“म धेरै ठाउँमा एक्लै बोलिरहेको छु, म एक्लो वृहस्पति भएँ कि भन्ने चिन्ता पनि छ,” उहाँले पार्टी नेतृत्वको आलोचना गर्दै भन्नुभयो ।
नेता पौडेलले नेपाली काँग्रेस गाउँ र नगरस्तरका कार्यकर्ताबाट नै सञ्चालन हुने जिकिर गर्दै पार्टी सभापति शेरबहादुर देउवाबाट काँग्रेस चल्न नसक्ने बताउनुभयो ।
पार्टी नेतृत्वमा कल्पनाशीलता चाहिन्छ, तर हाम्रो पार्टी नेतृत्वमा त्यस्तो देखिएन, उहाँको भनाइ थियो । स्थानीय तहको पुनःसंरचनामा जनताको भावनालाई समेट्न नखोजेको आरोप लगाउँदै नेता पौडेलले पुनःसंरचना आयोगले सङख्याको कुरा उठाएर बिथोलेको बताउनुभयो ।
पुनःसंरचनाको विषयमा स्थानीय विकास अधिकारीले पार्टीसँग सल्लाह गरेर मात्रै आयोगमा सिफारिस गरेको जिकिर गर्दै उहाँले पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्नेगरी पुनःसंरचना गर्ने विषय आफूहरुलाई अमान्य हुने बताउनुभयो ।
शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पुनःनिर्माणको कामले पूर्णता नपाएकाले र पीडितको घाउ निको नभएकाले स्थायी शान्ति स्थापना हुन नसक्ने उल्लेख गर्दै भत्केको संरचनाको काम ३५ प्रतिशत मात्रै भएको बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले स्थानीय चुनावमा एमालेको, सरकारमा माओवादीको र संविधान संशोधनमा मधेसीको छाँया भए काँग्रेसको प्रभावकारितामा प्रश्न उठ्ने बताउनुभयो ।
नेपाली काँग्रेस बनेपा नगरसमितिका अध्यक्ष राम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कञ्चनचन्द्र वादे श्रेष्ठ, नेकाका पूर्व सभापति शिव हुमागाईँ, नेकाका सभापति मधु आचार्य लगायतले काँग्रेसको प्रभावकारीतामा जोड दिएका थिए ।
दुई दिनसम्म चल्ने सो नगर सभापति सम्मेलनमा देशभरका २१७ नगरबाट सभापति सहभागी छन् ।
नेपालको परराष्ट्र मन्त्रालयले भन्यो – ‘पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किए’
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने