न्युयोर्क, २४ कात्र्तिक । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी हुनुभएको छ । ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति हुनुभएको छ ।
उहाँका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहनुभएको थियो ।
यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताउनुभएको छ ।
हिलारीले देशको लागि गर्नुभएको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको समेत बताउनुभएको छ । यसैगरी क्लिन्टनले टेलिफोनमार्फत आफूलाई बधाई दिनुभएको ट्रम्पले बताउनुभएको छ । साथै क्लिन्टनले आफ्नु पराजय स्विकार गर्नुभएको छ ।
यहाँसम्म दुबै उम्मेदवारले हासिल गर्नुभएको राष्ट्रपति पद चयनार्थ प्रदान हुने “विशेष मत” (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २८८ र क्लिन्टनले २१५ मत प्राप्त गर्नुभएको छ । राष्ट्रपति पदमा विजयी हुन् २७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ ।
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई