कावासोती, २२ कात्तिक । नेकपा (एमाले) प्रदेश नं ४ ले पोखरालाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको छ ।
कावासोती–१५ थारु होमस्टे गाउँ अमलटारीमा भएको ४ नं प्रदेशको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य तथा उक्त प्रदेशका प्रचार विभाग प्रमुख जगत् विश्वकर्माले सो जानकारी दिनुभयो ।
बैठकले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानः संविधानको कार्यान्वयन एमालेको अभियान’ नारासहित आगामी मङ्सिर १ देखि फागुन मसान्तसम्म जनपरिचालन, मतदाता शिक्षा, जनवर्गीय सङ्गठनको भेला तथा अधिवेशन गर्ने, घर फर्क तथा पार्टी प्रवेश अभियान र प्रदेश नंं ४ को समग्र विकास निर्माण र समृद्धिका लागि दीर्घकालीन गुरुयोजना तयार गर्न विज्ञको भेला मङ्सिरभित्र गर्ने निर्णय गरेको छ । साथै, बैठकले प्रदेश कमिटीका संयोजकदेखि सदस्यहरुको कार्यविभाजनसमेत गरेको छ ।
यसैगरी, बैठकले पार्टी स्कुल विभागमा संयोजक किरण गुरुङ, सङ्गठन विभाग प्रमुखमा गणेश तिमिल्सेना, प्रचार विभाग प्रमुखमा जगत् विश्वकर्मा, स्थानीय विभाग प्रमुखमा मायानाथ अधिकारी र मोर्चा सङ्गठनका प्रमुखमा पद्मा अर्याल र आर्थिक विभाग प्रमुख तथा कार्यालय सचिवमा मानबहादुर जिसीलाई तोकेको छ ।
बागलुङ जिल्लामा रहेको ३२० मेगावाटको उत्तरगङ्गा जलाशययुक्त विद्युत् आयोजना र पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिटो सम्पन्न गर्न पनि बैठकले माग गरेको छ ।
पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश संयोजक किरण गुरुङले संविधानको सर्वोच्चता स्वीकार गरेर मात्र अगाडि बढ्नुपर्ने बताउनुभयो ।
माओवादी नेता एमालेमा प्रवेश
यसैबीच, एमाले रजहर गाउँ कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा ( माओवादी क्रान्तिकारी) का राज्य समिति सदस्यसहित १५० नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वाधीनता र जनजीविकाको सवालमा एमालेको विकल्प नभएको भन्दै आफूहरु एमाले प्रवेश गरेको क्रान्तिकारीका राज्य समिति सदस्य हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने