बोस्टन । नेपाली नाट्य क्षेत्रका ‘भेट्रान’ जोडी सुनिल पोख्रेल र निशा शर्मा यतिखेर अमेरिकाको बोस्टनमा छन् । बोस्टनमा पहिलो पटक नेपाली नाटक मञ्चन गर्न सुनिल दम्पत्ति यहां आइपुगेका हुन् । उनीहरुका साथमा छोरा निसाङस पनि सहभागी छन् ।
‘याज्ञसेनी’ र ‘यात्रा’ नामक दुई नाटक आगामी आइतबार १३ नोभेम्बर सांझ मेडफोर्ड स्ट्रिट आर्लिङटन म्यासाचुसेट्समा मञ्चन हुन लागेको छ । हिमालयन हेरिटेज कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम संयोजक सुरेश वाग्लेले प्रदर्शनको अन्तिम तयारी भइरहेको जनाए । उनले बोस्टनवासी नेपालीलाई नाटक हेर्न आउन अनुरोध समेत गरेका छन् । नेपाली नाटकलाई प्रवासमा जीवन्त राख्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान मञ्चन कार्यक्रम राखिएको वाग्लेले बताए ।
ऐतिहासिक हिन्दू ग्रन्थ ‘महाभारत’ कि मुख्य नारीपात्र ‘द्रौपदी’ को मनोविज्ञानमा आधारित डा. प्रतिभा रायद्वारा लिखित उपन्यास याज्ञसेनीमा वरिष्ठ नाट्यकर्मी निशा शर्माले अभिनय गर्नेछिन् । यसलाई नाट्यशैलीमा उतार्ने काम सुमन पोख्रेल र निर्देशन सुनिल पोख्रेलले गरेका हुन् ।
विगत चार दशकदेखि नाट्य अभिनयमा समर्पित सुनिल पोख्रेलको आफ्नै कथा अनि संस्मरण हो ‘यात्रा’ । यसमा सुनिलले अभिनय गर्ने कार्यक्रम छ । सुनिलका छोरा निसाङसले निर्देशन गरेको यात्रामा स्क्रिप्ट भने छैन् ।
यसअघि ति नाटक न्यूयोर्क र टेक्सासमा समेत प्रदर्शन गरिएको थियो । बाल्टिमोर र एटलान्टामा पनि कुरा भइरहेको नाट्यकर्मी पोख्रेलले जानकारी दिए ।
‘अघिल्ला शोहरुमा भौगोलिक जटिलता र जागिरको व्यस्तताबीच पनि जति दर्शक आउनुभयो सबै यसक्षेत्रप्रति सिरियस पाएं’, पोख्रेलले भने ।
सुनिल पोख्रेलद्वारा स्थापित नेपालकै पहिलो नाट्यशाला ‘गुरुकूल’ र ‘आरोहण’ नाट्य संस्थाले नेपालको ७५ वटै जिल्लामा हजारौं विद्यार्थीलाई नाट्य लेखन, निर्देशन र अभिनय सम्बन्धि तालिम दिन सफल भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा