बोस्टन । नेपाली नाट्य क्षेत्रका ‘भेट्रान’ जोडी सुनिल पोख्रेल र निशा शर्मा यतिखेर अमेरिकाको बोस्टनमा छन् । बोस्टनमा पहिलो पटक नेपाली नाटक मञ्चन गर्न सुनिल दम्पत्ति यहां आइपुगेका हुन् । उनीहरुका साथमा छोरा निसाङस पनि सहभागी छन् ।
‘याज्ञसेनी’ र ‘यात्रा’ नामक दुई नाटक आगामी आइतबार १३ नोभेम्बर सांझ मेडफोर्ड स्ट्रिट आर्लिङटन म्यासाचुसेट्समा मञ्चन हुन लागेको छ । हिमालयन हेरिटेज कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम संयोजक सुरेश वाग्लेले प्रदर्शनको अन्तिम तयारी भइरहेको जनाए । उनले बोस्टनवासी नेपालीलाई नाटक हेर्न आउन अनुरोध समेत गरेका छन् । नेपाली नाटकलाई प्रवासमा जीवन्त राख्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान मञ्चन कार्यक्रम राखिएको वाग्लेले बताए ।
ऐतिहासिक हिन्दू ग्रन्थ ‘महाभारत’ कि मुख्य नारीपात्र ‘द्रौपदी’ को मनोविज्ञानमा आधारित डा. प्रतिभा रायद्वारा लिखित उपन्यास याज्ञसेनीमा वरिष्ठ नाट्यकर्मी निशा शर्माले अभिनय गर्नेछिन् । यसलाई नाट्यशैलीमा उतार्ने काम सुमन पोख्रेल र निर्देशन सुनिल पोख्रेलले गरेका हुन् ।
विगत चार दशकदेखि नाट्य अभिनयमा समर्पित सुनिल पोख्रेलको आफ्नै कथा अनि संस्मरण हो ‘यात्रा’ । यसमा सुनिलले अभिनय गर्ने कार्यक्रम छ । सुनिलका छोरा निसाङसले निर्देशन गरेको यात्रामा स्क्रिप्ट भने छैन् ।
यसअघि ति नाटक न्यूयोर्क र टेक्सासमा समेत प्रदर्शन गरिएको थियो । बाल्टिमोर र एटलान्टामा पनि कुरा भइरहेको नाट्यकर्मी पोख्रेलले जानकारी दिए ।
‘अघिल्ला शोहरुमा भौगोलिक जटिलता र जागिरको व्यस्तताबीच पनि जति दर्शक आउनुभयो सबै यसक्षेत्रप्रति सिरियस पाएं’, पोख्रेलले भने ।
सुनिल पोख्रेलद्वारा स्थापित नेपालकै पहिलो नाट्यशाला ‘गुरुकूल’ र ‘आरोहण’ नाट्य संस्थाले नेपालको ७५ वटै जिल्लामा हजारौं विद्यार्थीलाई नाट्य लेखन, निर्देशन र अभिनय सम्बन्धि तालिम दिन सफल भएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा