काठमाडौँ, २१ कात्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान धेरै लचिलो र गतिशील भएको बताउनुभएको छ ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयले सभापति देउवालाई मानार्थ विद्यावारिधीको उपाधिबाट सम्मान गर्न नयाँ दिल्लीमा आज आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानले महिला, मधेसी, आदिवासी÷जनजाति, दलित, पिछडिएको क्षेत्रलगायत अल्पसङ्ख्यकलाई विशेष अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो ।
जनताद्वारा निर्वाचित संविधानसभाको दुई तिहाइभन्दा बढी बहुमतले पारित गरी घोषणा गरेको संविधानले खाद्य, बसोबास, सामाजिक सुरक्षा, शिक्षालगायत विषयका ३१ मौलिक अधिकारको व्यवस्था गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधानका निश्चित प्रावधानप्रति केही पक्ष असन्तुष्ट छ, त्यसलाई संविधान संशोधनमार्फत सम्बोधन गरी सर्वस्वीकार्य बनाउन हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ ।”
सभापति देउवाले भारतको लोकतन्त्रका विविध पक्षको प्रशंसा गर्दै भारतको स्वतन्त्रता सङ्ग्राममा महामानव बिपी कोइरालालगायत नेपाली नेता सक्रियरुपमा लागेको स्मरण गराउनुभयो । उहाँले नेपालको लोकतन्त्रमा भारतका नेताको पनि सहयोग रहेको बताउनुभयो ।
सभापति देउवाले नेपालको लोकतन्त्रका उतारचढावको चर्चा गर्दै १० वर्षे सशस्त्र द्वन्द्वलाई समाप्त गरी शान्तिमा रुपान्तरण गर्न नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको र यसमा भारतको पनि सहयोग रहेको धारणा व्यक्त गर्नुभयो ।
नेपाल–भारत दुवै मुलुक विभिन्न यात्रामा सँगै रहेका र भौगोलिक, सांस्कृतिक र धार्मिक रुपमा आपसमा बाँधिएको उल्लेख गर्दै सभापति देउवाले दुवै मुलुकका जनताबीच घनिष्ठ सम्बन्ध रहेको छ भन्नुभयो ।
सभापति देउवालाई जवाहरलाल नेहरु विश्वविद्यालयले आज विशेष समारोहकाबीच मानार्थ विद्यावारिधीको उपाधिबाट सम्मानित गरेको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने