काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही सञ्चार माध्यमले प्रधानमन्त्रीको खाजा खर्चको विवरण भनी प्रकाशन गरेका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयले वेबसाइटमा राखेको खाजा खर्चबापतको रु सात लाख गत साउनदेखि हालसम्मको भएको स्पष्ट पारेको छ । साथै, सो रकम प्रधानमन्त्रीको मात्र नभई निजामती सेवा दिवससम्बन्धी बैठक, मन्त्रिपरिषद् बैठक, भौतिक पूर्वाधार विस्तारसम्बन्धी बैठकलगायत साप्ताहिक र अपर्झट रुपमा बस्ने बैठकको समेत खर्च भएको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यालयका प्रवक्ता दामोदर रेग्मीले आज एक विज्ञप्ति जारी गरी जनसाधारणमा भ्रम पैदा हुने यस किसिमका गलत सन्देश प्रवाह नगरिदिन अनुरोध पनि गर्नुभएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?