पेरिस, २० कात्तिक । फ्रान्सको राजधानी पेरिसबाट नजिकै पर्ने उत्तरपुर्वी क्षेत्रमा रहेको शरणार्थी शिविरबाट झण्डै ३ हजार जना शरणार्थीलाई हटाउन थालिएको छ ।
पेरिसको आधिकारीक निकायले शुक्रबार विहानदेखि उनीहरुलाई हटाउने अभियान सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
क्यानल सैण्ट मर्टिनमा रहेको ओभरहेड व्रिजबरीपरी बस्दै आएकाहरुलाई हटाउन शान्तिपूर्वक प्रक्रिया अगाडी बढाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार विहान ६ बजे उनीहरुलाई हटाउन लागेका बेला सयौं पुरुष शरणार्थीहरु प्रहरीको पछि लागेका थिए । प्रहरीले शरणार्थीहरुलाई गाडीमा हालेर पेरिसकै अर्को ठुलो क्षेत्र इले—डी—फ्रान्समा लगेका थिए ।
“हामी कहा जाँदै छौं भन्ने नै हामीलाई थाहा भएन,” २८ बर्षका शरणार्थी खालीदले भन्नुभयो — “महत्वपूर्ण कुरा त यो छ की हामीसँग आवश्यक कागजपत्रहरु छन्, हामीलाई एक महिनालाई हुने पाल छ । यहाँ बस्न पनि राम्रो छ ।”
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई