
याङ्गोन, १६ कात्तिक । म्यानमारले जिका भाइरसविरुद्ध सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।
म्यानमारको पुरानो राजधानी सहर याङ्गोनमा जिकाको एक विरामी भेटेपछि सो विरुद्धमा उच्च सतर्कता अपनाएको जनाइएको छ ।
एकजना ३२ वर्षीय विदेशीलाई सो भाइरसले छोएको पाइएको समाचारमा जनाइएको छ । सो संक्रमण लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ ।
यसबाट गर्भवती महिलालाई विशेष रुपमा सतर्क रहन बढी आग्रह गरिएको छ । यस्तो संक्रमणबाट ती महिलाको शिशुमा पनि सर्ने चिकित्सकको भनाई छ ।
लामखुट्टेको यस किटाणुबाट बच्नका लागि सतर्कता अपनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको समाचारमा जनाइएको छ ।
जिका भाइरसको संक्रमण भेटिएको म्यानमार एसियाको तेस्रो देश हो । यो भाइरस अत्यन्तै खतरनाक भएकोले विभिन्न देशले यसको निवारणका लागि सतर्कता अपनाउने गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा