दमासकस (सिरिया), १६ कात्तिक । सिरियाको उत्तरी सहर अलेप्पोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा कम्तीमा ८४ जनाको मृत्यु भएको र २८० सर्वसाधारण घाइते भएको सिरियाली सेनाले बताएको छ ।
सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा विद्रोहीले सयभन्दा बढी तोप आक्रमण, ५० ग्रेड मिसाइल र बीस वटा विस्फोटक पदार्थ भरिएका सिलिण्डरले सरकार नियन्त्रित क्षेत्रमा आक्रमण गरेपछि यति ठूलो मात्रामा हताहति भएको सिरियाली सरकारी समाचार संस्था साना न्यूज एजेन्सीले जनाएको छ ।
सेनाले विद्रोहीद्वारा सैनिक विद्यालयमा गरिएको ग्यास आक्रमणका कारण ४८ जना घाइते भएका र उनीहरुलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।
पछिल्ला तीन दिनमा एलेप्लोमा चार वर्षयताकै भीषण भीडन्त भएको कुरा बेलायतस्थित सिरियाली मावन अधिकारवादी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले दाबी गरेको छ ।
पहिले विद्रोहीको कब्जामा रहेको तर पछिल्लो समय सरकारी सेनाले नियन्त्रणमा लिएका क्षेत्रहरुबाट सेनाको पकड हटाउने उद्देश्यका साथ विद्रोहीले भीषण आक्रणम गरेको बुझिएको छ ।
हालैका दिनमा विद्रोहीहरुले असद र मेनानमा कब्जा जमाए पनि मेनान क्षेत्र भने पुनः सेनाको अधिनमा आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा