बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: १७:४७ | UK Time: 13:02

साउदी नेतृत्वको हवाई कारबाहीमा यमनमा २७ को मृत्यु

वीनेपाली
२०७३ कार्तिक १४ गते ११:००
तस्विरः रोयटर्स

तस्विरः रोयटर्स

साना, १४ कात्तिक । साउदी अरेबिया नेतृत्वको सेनाले शनिबार यमनको तीनवटा प्रान्तमा गरेको हवाई कारबाहीमा परी २७ जनाको ज्यान गएको छ ।

उक्त हवाई हमलामा परी कम्तीमा पनि २७ जनाले ज्यान गुमाएका सरकारी र स्थानीयवासीहरुले जानकारी दिएका छन् ।

विद्रोही लक्षित सो सैनिक कारबाही यमनी बस्तीहरुमा परेको जनाइएको छ । उक्त हमलामा परी सर्वसाधारण मारिएका छन् ।

सो हमलामा मारिएका सर्वसाधारणमा महिला, बालबालिका नै बढी परेका अधिकारवादीले जानकारी दिएका छन् ।

यमनको दक्षिणपश्चिममा पर्ने ताइज प्रान्तको सलो जिल्लामा अवस्थित अल सराफ र मबरान गाउँमा शनिबार विहान सबेरै सो हमला भएको थियो ।

ती गाउँहरुमा विद्रोही रहेको सूचनाको आधारमा सो कारबाही गरेको जनाएको छ । साउदी अरेबियाको नेतृत्वको सेनाले यमनमा विगतदेखि नै यस्तो हमला गर्दै आएको छ ।

सो हमलामा परी यहाँका विद्रोही भन्दा पनि बढी सर्वसाधारण मारिने गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक