
किदापावान (फिलिसिन्स), १२ कात्तिक । फिलिपिन्स प्रहरीले लागू औषधविरुद्ध जारी राखेको कारबाहीको क्रममा एक फिलिपिनी मेयर र उनका सहयोगीसहित नौ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्टेले लागू औषध ओसारपसार विरुद्ध भीषण कारबाही जारी राख्ने चेतावनी दिनुभएको केही घन्टापछि नै सो कारबाही भएको जनाइएको छ ।
दक्षिणी सहर साउदी आम्पातुआनका मेयर सम्सुदिन दिमाउकोम सो कारबाहीको क्रमको मारिएका हुन ।
यसै वर्षको सुरुमा राष्ट्रपति डुतेर्टेले लागू औधषको गैरकानूनी व्यापारमा सङ्लग्नता रहेका सरकारी अधिकारीहरु, प्रहरी तथा न्यायधिससमेत गरी १५० भन्दा बढीको पहिचान गर्नुभएको थियो । ती १५० मध्ये नै मेयर दिमाउकोम पनि रहेका थिए ।
राष्ट्रपति डुतेर्टेले जारी राख्नुभएको लागू औषध विरुद्धको कारबाहीको क्रममा हालसम्म तीन हजार ८०० भन्दाबढी व्यक्तिको मृत्यु भइसेकेको छ ।
प्रहरी प्रवक्ता रोमेओ गाल्गोका अनुसार मेयर दिमाउकुम र उनका सुरक्षा अधिकारीले लागू औषधविरुद्ध कारबाहीमा लागेका प्रहरीमाथि नै गोली प्रहार गरेका थिए ।
सरकारी सुरक्षा अधिकारीले जाँचचौकीमा मेयर र उनका समूहको सवारी साधान रोकेर जाँच गर्न खोज्दा उनीमाथि नै गोली प्रहार गरेको बताइएको छ ।
गत मेमा भएको निर्वाचनबाट रोद्रिगो डुतेर्टे राष्ट्रपति पदमा ल्याउनुभएपछि लागू औषध ओसारपसार विरुद्ध भीषण कारबाही सुरु गर्नुभएको हो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]