
एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित

एन्फामा नयाँ नेतृत्व ः अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्षमा निर्वाचित भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नरेन्द्रलाल श्रेष्ठ । तस्बिर ः दीपेन्द्र सापकोटा, रासस
काठमाडौँ, ८ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी हुनुभएको छ ।
एन्फाका कावा अध्यक्ष श्रेष् अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले हराउँदै निर्वाचित हुनुभएको हो । जम्मा ६७ मत रहेकामा श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाउनुभयो । त्यस्तै उपाध्यक्ष विजेता कुँवरले शेर्पा समूहका दीपक खाती र एकल उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई पछि पार्नुभएको हो, जसमा कुँवरले ३४, खातीले २५ तथा सिंहले आठ मत प्राप्त गरे ।
यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारका मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । नयाँ नेतृत्वले थापाको बचेको डेढ वर्षको कार्यकाल सम्हाल्नेछ । विधानानुसार त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ । थापालाई गत वर्ष विश्व फुटबल महासङ्घ (फिफा) ले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
नवनिर्वाचित श्रेष्ठले फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)को सहयोग नेपाली फुटबलमा भित्र्याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- राजदूत लोकदर्शन रेग्मीद्वारा शपथ : कार्यभार सम्हाल्न बेलायत आउने तयारी
- युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र भेनेजुएला छाड्न आदेश
- बीबीसी मास्टरसेफका फाइनालिष्ट सन्तोष साहको नेपालमा भव्य स्वागत
- बेलायतका लागि नवनियुक्त राजदुत रेग्मीले लिए सपथ
- नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरणका लागि अनुवादको सुविधा