स्पेनमा राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास

प्रधानमन्त्री मारियानो रजोए

प्रधानमन्त्री मारियानो रजोए

म्याड्रिड (स्पेन), ७ कात्तिक । स्पेनका वर्तमान काम चलाउ सरकारका प्रधानमन्त्री मारियानो रजोएले थप एक कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा काम गर्ने अवसर प्राप्त गर्ने सङ्केत देखिएको छ ।

काम चलाउ सरकारका रुपमा विगत १० महिनादेखि सरकारको नेतृत्व चलाउँदै आउनुभएका कन्जर्भेटिभ पार्टीका नेता रजोएले संसदमा आफ्नो पार्टीको बहुमत भएको बताउँदै सत्ता अन्य दललाई हस्तान्तरण गर्न अनिच्छा प्रकट गरेपछि लम्बिएको राजनीतिक गतिरोध अन्त्य गर्न सोसलिस्ट पार्टीले रजोएलाई थप एक कार्यकालका लागि समर्थन गर्ने सङ्केत देखिएको हो ।

यद्यपि यस विषयमा सोसलिस्ट पार्टीले आइतबार बैठक गरी रजोएलाई समर्थन गर्ने वा अर्को विकल्प खोज्ने औपचारिक निर्णय लिनेछ । समाचार तयार गर्ने समयसम्म बैठक शुरु भएको छैन ।

गत डिसेम्बर यता स्पेनमा भएका दुईवटै निर्वाचनले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएपछि तेस्रो निर्वाचनमा जानुभन्दा रजोएलाई समर्थन गर्नु मुलुकको हितका लागि बुद्धिमतापूर्ण निर्णय हुने केही उच्च नेताको अनौपचारिक धारणा आएपछि सुरु हुन लागेको बैठकले सम्भवत स्पेनको राजनीतिक सङ्कटलाई समाधानको दिशातिर लैजाने छ ।

यद्यपि सोसलिस्ट नेताहरुबीच यस विषयमा एकमत भने देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री