
काठमाडौँ, ६ कात्तिक । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाई सबैको पहुँचमा पुरयाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रज्ञा ध्यान केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा धेरै नागरिकले पीडा भोग्नु परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न योगी तथा साधकले पत्ता लगाएका ध्यान भावनाले सर्वसाधारणलाई सद्विचार तथा शरीरलाई निरोगी बनाउने बताउँदै यस्तो ध्यानको अभ्यासले स्वस्थ समाज निर्माणका लागि सहयोग पुरयाउने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका अध्यक्ष नवीन बज्राचार्यले उक्त स्थानमा बौद्ध साहित्यमा आधारित विभिन्न ध्यानको अभ्यास गराइने जानकारी दिँदै सन्तुलित आहार र विहारले मानिसलाई निरोगी तथा दीर्घजीवी बनाउने बताउनुभयो ।
उक्त कार्यक्रममा दक्षिण कोरियाबाट आउनुभएका साधक तथा गुरुको समेत सहभागिता थियो ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा