सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: १५:५२ | UK Time: 10:07

साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा १९ को मृत्यु

वीनेपाली
२०७३ कार्तिक ६ गते ११:००

मस्को, ६ कात्तिक । रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हँुदा कम्तीमा १९ जनाको मृत्यु छ ।

शुक्रबार राति २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना हँुदा १९ जना घाइते भएको उद्धारकर्ताले जनाएका छन् ।

दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो ।

आपत्कालिन मन्त्रालयको क्षेत्रीय कार्यालयले दुर्घटनाको कारण स्पष्ट नभएको जनाएको छ । घटनामा परी घाइते भएका तीन जनालाई उद्धार गर्न उद्धारकर्ताहरु सफल भएको मन्त्रालयले जनाएको छ ।

उद्धारकर्ताहरुले चालकहरुको लापर्वाही, यात्रीक समस्या वा अफ्ट्यारो मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक