लन्डन । भूपू गोर्खाहरुका समस्या त्रिपक्षीय वार्ताद्वारा समाधान गर्न बेलायत र नेपाल सरकारले तत्परता देखाएका छन् । समस्या समाधानका लागि बेलायत सरकारले त्रिपक्षीय वार्ता राखेको जनाउंदै संघर्षरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले उक्त वार्तामा सहभागी हुनुपूर्व साझा धारणा तय गर्ने भएको छ ।
समितिले वार्ताका एजेण्डामा गम्भीर छलफल गरि साझा धारणा निर्माण गर्न आगामी २२ अक्टोबर बिहान एम्पायर हल, अल्डरसटमा एक विशेष भेला डाकेको हो । समितिले उक्त भेलामा सम्पूर्ण जिम्मेवार गोर्खा संघ संस्थाहरु र सरोकार वाला सबैलाई सहभागी भइ आफ्ना राय सुझाव दिन पनि आग्रह गरेको छ । संस्थागत वा व्यक्तिगत सुझाव सल्लाह प्रत्यक्ष उपस्थित भएर, फोन वा यूके बाहिर बस्नेले इमेल र भाइबरबाट समेत दिन सकिने समितिले जनाएको छ ।
उक्त विशेष बैठकद्वारा वार्ताका एजेण्डाहरु बुंदागत रुपमा छलफल गरी अनुमोदन गर्ने र वार्ताका लागि प्रतिनिधि र वीज्ञहरु समेत चयन गरिने गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले जानकारी दिए ।
भूपू गोर्खाहरुले समान पेन्सन लगायत माग राख्दै करिब ३ दशक यता आन्दोलन गर्दै आएका छन् । समितिले नोभेम्बर ७ सम्म बेलायत सरकारले समाधानका केही पहल नगरिए फेरि आमरण अनसन बस्ने चेतावनी दिंदै आएको छ ।
भूपू गोर्खाहरुले सोमबार लन्डनस्थित नेपाली राजदूतसंग समेत भेटवार्ता गरेका छन् । राजदूत दुर्गाबहादुर सुवेदीले दूतावासका तर्फबाट यसको कुटनीतिक पहल गरिरहेको जनाएको भेटका एक सहभागीले बताए ।
तर, अग्रणी गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले भने वार्ताका नाममा भ्रम
फैलाइएको आरोप लगाएको छ । गेसो अध्यक्ष कृष्णकुमार राईले भेलामा आफूहरु सहभागी नहुने बताए । ‘साथीहरुले हाम्रो नाम बेचेर सामाजिक सञ्जालतिर भ्रम फैलाइरहनु भएको छ । त्यहां गएर गेसो आफ्नो अस्तित्व मेटाउन वा विलय हुन चाहन्न’, राईले भने ।
गेसो अध्यक्ष राईले समितिले आफ्नो पूर्व निर्धारित ७ नोभेम्बरको आमरण अनसनबाट पन्छिन अनेका भ्रम फैलाएको आक्षेप समेत लगाए । ‘बरु उहांहरु आमरण अनसन बस्नुस् हाम्रो शुभकामना छ तर वार्ता भनेर भ्रम नफैलाउनुस्’, राईले बताए ।
अर्को गोर्खा संगठन बिजिडब्लुएस् पनि आफ्नो समान पेन्सन मुद्दा युरोपेली अदालतले हराइदिएपछि अहिले मौन छ । इकान्तिपुर
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय