वासिङटन, ३ कात्तिक । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट हुनुभएकोमा उहाँलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिनुभएको छ ।
राष्ट्रपति ओवामाले गटेर्रेसको कार्यकालमा आफू अमेरिकाले नजिकबाट सहकार्य र सहयोग आदानप्रदान गर्न चाहेको उल्लेख गर्नुभएको छ ।
शान्ति स्थापना गर्ने उत्तरदायीत्व, राष्ट्रसङ्घको पुनःसंरचना गरी प्रभावकारीता बढाउनेलगायतका काममा सफलता मिलोस भन्ने कामना पनि ओवामाले गर्नुभएको छ ।
पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका गुटेर्रेसलाई फोन गरेर ओवामाले बधाई दिनुभएको हो ।
बधाई दिनेक्रममा राष्ट्रपति ओवामाले राष्ट्रसङ्घलाई आधुनिकिकरण र चुस्तदरुस्त बनाउन विषेश जोडसहित सुझाव दिनुभएको छ ।
वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नुहुनेछ ।
केहीदिनअघि भएको राष्ट्रसङ्घको महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव पारित गरेपछि उहाँ राष्ट्रसङ्घको महासचिवमा औपचारिकरुपमा छानिनुभएको हो ।
गुटेर्रेसले राष्ट्रसङ्घको मानवअधिकार तथा राष्ट्रसङ्घीय प्रणाली सुधारकार्यमा उल्लेखनीयकार्य गरिसक्नु भएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक