वासिङटन, ३ कात्तिक । अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी रोधाम क्लिन्टन र रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम्पकाबीचमा बुधबार राति अन्तिम संयुक्त बहस हुने भएको छ ।
मतदान हुनुभन्दा २० दिन अगाडि उहाँहरुको अन्तिम संयुक्त बहस हुन लागेको हो । त्यो रात अमेरिकी राजनीतिका लागि एउटा महत्वपुर्ण रात पनि मानिने छ ।
स्थानीय समयअनुसार साँझ ६ः०० बजे बहस सुरु हुने बहस ९० मिनेटको हुनेछ । बहस लस भेगसमा रहेको नेभादा विश्वविद्यालयमा हुनेछ ।
वहसका लागि दुवै उम्मेदवारलाई पहिले वहसमा जस्तैगरी राखिने छ । लामो समयदेखि राजनीतिक विषयमा रिपोर्टिङ गर्दै आएका ६९ वर्षीय क्रिस वाल्सले सञ्चालन गर्ने सो कार्यक्रम अमेरिकाका अधिकांश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
यसअघि पहिलो वहस २६ सेक्टेम्बरमा भएको थियो भने दोस्रो वहस अक्टोवर ९ मा भएको थियो । ती दुवै वहसपछि हिलारी थप लोकप्रिय देखिँदै जानुभएको छ । पछिल्लो पटक गत सोमबार गरिएको मत सर्वेक्षणमा पनि हिलारी क्लिनटन नै अगाडि देखिनुभएको छ ।
महिला विरुद्धका विवादित अभिव्यक्तिका कारण ट्रम्प अझ पछाडि परेका सर्वेक्षणकर्ताले जनाएका छन् ।
करिब एक हप्ता अगाडि मिसाउरी राज्यको सेन्ट लुइसमा अवस्थित एक विश्वविद्यालयमा आयोजित दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहसमा पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रब्यदृष्य (भिडियो टेप) सार्वजनिक गरिएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन