पेरिस (फ्रान्स), २ कात्तिक । फ्रान्सका रक्षामन्त्री जाँ भेस लेड्रियानले मङ्गलबार फ्रान्सको राजधानी पेरिसमा आयोजित एक कार्यक्रममा इराकी सहर मोसुलमा इस्लामिक स्टेट (आईएस) विरुद्धको कारबाही चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
मोसुल क्षेत्रमा आईएस समूहको सशक्त सङ्गठन रहेको र यसलाई विश्वभरका गतिविधि सञ्चालन गर्न एक आधार इलाकाका रुपमा आईएसले प्रयोग गर्दै आएकाले कारबाही कैयौँ हप्ता अर्थात् महिनौँ लम्बिनसक्ने भनी प्रतिक्रिया दिनुभएको छ ।
फ्रान्सका रक्षामन्त्रीको यो भनाई इराकी फौजले मोसुलमा आक्रमण सुरु गरेको ठिक एक दिन पछि आएको छ । इराकी फौजले सोमबारदेखि मोसुल विद्रोहीबाट पुनः नियन्त्रणमा लिन कारबाही चलाएको छ । यसका लागि इराकले करिब ३० हजार सैनिकलाई प्रयोग गर्नेछ । यो इराकी सेनाले सन् २०११ मा अमेरिकी सेनालाई फिर्ता पठाएपछि आईएस विद्रोहीविरुद्ध थालिएको विशाल कारबाही हो ।
इराकी सेनालाई हवाई तथा स्थल कारबाहीमा सहयोग गर्दै आएको अमेरिकी सेनाले पनि मोसुल विद्रोहीको कब्जाबाट फिर्ता गर्ने लडाइँ लामो र जटिल हुने भनी प्रतिक्रिया जनाएको छ ।
यसैबीच मोसुलको राजनीतिक भविष्यलाई लिएर फ्रान्सले आगामी मङ्गलबार एक अन्तर्राष्ट्रिय बैठकको आयोजना गर्ने फ्रान्सका रक्षामन्त्रीले जनाउनुभएको छ ।
बैठकमा इराकमा आईएस विरुद्धको लडाइँमा सैनिक गठबन्धनमा सम्मिलित राष्ट्रका रक्षामन्त्रीहरुले सैनिक कारबाहीबारे मूल्याङ्कन गरी अघि बढ्ने योजना रहेको बताइएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा