चितवन, १ कात्तिक । नारायणगढको क्याम्पाचौरमा आजदेखि टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिताको १२औँ संस्करण सुरु भएको छ ।
यो प्रतियोगितामा भारतका चारसहित १५ वटा टोलीले स्पर्धा गर्नेछन् ।
आज पहिलो दिन चितवन ११ र हिमालयन युथ क्लब कैलालीबीच खेल हुँदैछ । कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक विकास सिल्ड समितिका प्रचारप्रसार संयोजक सिद्धार्थलाल चुकेले बताउनुभयो ।
क्याम्पाचौर मैदानमा तीन हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा भारतको सिवाङ, सिक्किम, कालिम्पोङ, र खर्साङ टोली सहभागी हँुदैछन् । नेपालबाट थ्रिस्टार क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मनाङ मस्र्याङ्दी क्लब, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहभागी छन् ।
त्यस्तै मोरङ फुटबल क्लब, झापा–११, हिमालयन स्पोर्टस क्लब, सहारा क्लब पोखरा, सुदूरपश्चिम, हिमालयन शेर्पा क्लब र चितवन ११ सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले तीन लाख नगद र रनिङ सिल्ड पाउनेछन् । त्यस्तै उपविजेताले एक लाख ५० हजार र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०, १० हजार नगद पुरस्कार दिइने चुकेले बताउनुभयो ।
त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिनेछ । ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । हरेक दिनको खेलमा पाँच हजार दर्शक भित्रने अपेक्षा आयोजकको छ । क्वार्टर फाइनल अघिका खेलमा एकसय र दुई सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने क्वार्टर फाइनलमा एक सय ५० र दुई सय ५० रुपैयाँ एवम् फाइनलमा दुई सय र तीन सय रुपैयाँ राखिएको छ । खेल सम्पन्न गर्न ६७ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो । युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’