विनौलिम (भारत), ३० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रबीच उदाहरणीय आर्थिक सहकार्य गर्दे विश्वको अर्थतन्त्र वृद्धि र विकासका लागि काम गर्न ब्रिक्स सफल हुनुपर्र्नेे बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले ब्रिक्सका सदस्य राष्ट्र ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकालगायतका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आतङ्कवाद क्षेत्रीय सुरक्षाका लागि सबैभन्दा खतरानाक समस्या बनेको पनि बताउनुभयो ।
आतंकबाद यस क्षेत्रको विकासमा बाधक बन्न सक्ने भन्दै उहाँले पाकिस्तानलाई इङ्गित गर्दै आफ्नो छिमेकी मुलुक आतङ्कवादीको आश्रयस्थल मात्र नभई आतङ्कवादीलाई संरक्षण प्रदान गर्ने एक केन्द्रको रुपमा रहेको आफ्नो सम्बोधनमा बताउनुभयो ।
ब्रिक्स सम्मेलनको सीमित सत्रको सिलसिलामा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिन पिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा र ब्राजिलका राष्ट्रपति माइकल टेमरलाई सम्बोधन गर्दै भन्नुभयो, संसारमा आतङ्कवादको उद्गमस्थल भारतसँग जोडिएको राष्ट्र भएको समेत दाबी यस क्षेत्रबाट आतङ्कवादलाई परास्त गर्न ब्रिक्स सम्मेलनको सिलसिलामा आतङ्कवादविरोधी अभियानका लागि प्रतिबद्धता आउनुपर्नेसमेत बताउनुभयो ।
पाकिस्तानको नाम नलिइकनै भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, यसले आतङ्कवादीलाई शरणमात्र दिने नभई आतंकवादी सोचलाई पालनपोषणसमेत गर्ने गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले उक्त छिमेकीले आतङ्कवाद राजनीतिक फाइदाका लागि ठिक भएको भन्ने गलत सोच राख्ने गरेको भन्दै भारत यसको कडा निन्दा गर्छ भन्नुभयो ।
यसअघि पनि भारतीय प्रधानमन्त्री मोदीले आफ्ना चिनियाँ समकक्षी सि जिन पिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा पाकिस्तानमा आतङ्कवादी सङ्गठनले संरक्षण पाउँदा यस क्षेत्रको सुरक्षामा समस्या देखिएको भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न पाकिस्तानलाई दिने गरेका सैन्य सहयोग, हतियार, तालिमलगायतका सुविधा रोक्नुपर्ने बताउनुभएको थियो ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण