बिहीबार, कार्तिक १३ २०७७ | Thu, October 29, 2020
नेपालको समय: २१:३४ | UK Time: 15:49

भारत र रसियाबीच अर्बौं डलरको ऊर्जा तथा प्रतिरक्षा प्रणाली सम्झौता

वीनेपाली
२०७३ असोज २९ गते १६:५९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिन, तस्विरः एएफपी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिन, तस्विरः एएफपी

बनौलिम (भारत), २९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाली राष्ट्रपति भ्दादिमिर पुटिनबीच शनिबार अर्बौं डलर बराबरको ऊर्जा तथा प्रतिरक्षा प्रणालीका लागि सम्झौता भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र रसियाली राष्ट्रपति पुटिनबीच ब्रिक्स सम्मेलन सुरु हुनुपूर्व भएको बैठकपछि भारतले रसियासँग पाँच अर्ब अमेरिकी डलर बराबरको एए ४०० ‘ट्राइअम्फ’ वायुरक्षा प्रणाली खरिद गर्ने घोषणा गरेको छ ।

भारत र रसियाबीच रक्षा प्रणाली सम्झौताका लागि करिब एक वर्षदेखि पहल जारी थियो ।

यसका साथमा भारत र रसियाबीच कामोव हेलिकप्टर बनाउनका लागि संयुक्त निर्माण सुविधानको व्यवस्था गर्ने साथै आधुनिक युद्धक जहाज (वारसीप) को निर्माण गर्ने कुरामा सहमति भएको छ ।

लामो दूरीको प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली एस ४०० ‘ट्राइअम्फ’ को खरिद भारत र रसियाबीचको अन्तर सरकारी सम्झौता सारिक दृष्टिकोणले महत्वपूर्ण भएको दुवै देशका अधिकारीले बताएका छन् ।

एए ४०० रक्षा प्रणालीले करिब ४०० किलोमिटर टाढासम्म आक्रमण र त्यति नै टाढाबाट आउने तोपलाई नष्ट गर्ने क्षमता राख्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक