
वासिङटन (अमेरिका), २८ असोज । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीतर्फका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि विपक्षीले अमेरिकी महिलामाथि यौन हिंसा गरेको भनी लगाएका आरोपले क्रमशः सफाइ पाइरहेको नेता माइक पेन्सले शुक्रबार बताउनुभएको छ ।
निर्वाचनमा ट्रम्पलाई जस्तो सुकै लाञ्छना लगाए पनि रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी राष्ट्रपतिका लागि योग्य उम्मेदवार रहेकाले ट्रम्पको विजय सुनिश्चित भएको पेन्सको भनाइ थियो ।
शुक्रबार अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तरवार्तामा रिपब्लिकन पार्टीद्वारा चलाएका चुनावी अभियानले ट्रम्पमाथि लगाइएका झुटा आरोपलाई खण्डन गर्दै अमेरिकी नागरिकबीच उहाँमाथि लगाइएका दोषारोपण सत्य नभएको स्पष्ट पार्न सफल भएको नेता पेन्सले बताउनुभयो ।
पेन्सले केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पमाथि लागेका यौन हिंसासम्बन्धी झुटो आरोपलाई अन्यायपूर्ण तरिकाले प्रचार गर्न लागिपरेको उहाँको दाबी छ ।
सञ्चारमाध्यमले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल ह्याकसम्बन्धी समाचारलाई समेत अमेरिकी नागरिकबीच पुरयाउन र निर्वाचनबाट स्वच्छ, इमान्दार तथा दक्ष नेतृत्व चयन गर्न सहयोग गर्ने अभियान चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
पेन्सले ट्रम्पमाथि लगाइएका यौन हिंसासम्बन्धी आरोपको खण्डन गर्दै अमेरिकी महिला जो कहिल्यै पनि नेता ट्रम्पको सम्पर्कमा पुग्न सकेका थिएनन् । उनीहरु पनि ट्रम्पबाट पीडित भएको भनी प्रचार गरिनु आश्चर्यको कुरा भएको बताउनुभयो ।
ट्रम्पको फ्लोरिडा र ओहिओमा हालै सम्पन्न निर्वाचन अभियानमा ट्रम्पप्रतिको आकर्षण थप बढेको रिपब्लिकन समर्थकको दाबी छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा