
वासिङटन (अमेरिका), २८ असोज । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीतर्फका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि विपक्षीले अमेरिकी महिलामाथि यौन हिंसा गरेको भनी लगाएका आरोपले क्रमशः सफाइ पाइरहेको नेता माइक पेन्सले शुक्रबार बताउनुभएको छ ।
निर्वाचनमा ट्रम्पलाई जस्तो सुकै लाञ्छना लगाए पनि रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी राष्ट्रपतिका लागि योग्य उम्मेदवार रहेकाले ट्रम्पको विजय सुनिश्चित भएको पेन्सको भनाइ थियो ।
शुक्रबार अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तरवार्तामा रिपब्लिकन पार्टीद्वारा चलाएका चुनावी अभियानले ट्रम्पमाथि लगाइएका झुटा आरोपलाई खण्डन गर्दै अमेरिकी नागरिकबीच उहाँमाथि लगाइएका दोषारोपण सत्य नभएको स्पष्ट पार्न सफल भएको नेता पेन्सले बताउनुभयो ।
पेन्सले केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पमाथि लागेका यौन हिंसासम्बन्धी झुटो आरोपलाई अन्यायपूर्ण तरिकाले प्रचार गर्न लागिपरेको उहाँको दाबी छ ।
सञ्चारमाध्यमले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल ह्याकसम्बन्धी समाचारलाई समेत अमेरिकी नागरिकबीच पुरयाउन र निर्वाचनबाट स्वच्छ, इमान्दार तथा दक्ष नेतृत्व चयन गर्न सहयोग गर्ने अभियान चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
पेन्सले ट्रम्पमाथि लगाइएका यौन हिंसासम्बन्धी आरोपको खण्डन गर्दै अमेरिकी महिला जो कहिल्यै पनि नेता ट्रम्पको सम्पर्कमा पुग्न सकेका थिएनन् । उनीहरु पनि ट्रम्पबाट पीडित भएको भनी प्रचार गरिनु आश्चर्यको कुरा भएको बताउनुभयो ।
ट्रम्पको फ्लोरिडा र ओहिओमा हालै सम्पन्न निर्वाचन अभियानमा ट्रम्पप्रतिको आकर्षण थप बढेको रिपब्लिकन समर्थकको दाबी छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च