आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: ००:१५ | UK Time: 19:30

ब्रिक्स सम्मेलनका बेला मोदी र पुटिनले उर्जा सम्झौता गर्ने

वीनेपाली
२०७३ असोज २९ गते ११:१४

2016_brics_summit_logo-2

बेनौलिम, २९ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिनले भारतमा भईरहेको ब्रिक्स सम्मेलनका क्रममा उर्जा सम्झौता गर्ने तयारी भइरहेको छ ।

लामो समयसम्म आर्थिक तथा व्यापारिक साझेदार बन्ने उद्देश्यले दुई देशवीचमा शनिबार यो सम्झौता हुन लागेको हो ।

भारतको प्रशिद्ध पर्यटकीय शहर गोआमा भइरहेको सम्मेलनका क्रममा उहाँहरुले अन्य विषयमा पनि छलफल गर्नुहुने भएको छ ।

सम्मेलनमा उदियमान देशहरु ब्राजिल, चीन र दक्षिण अफ्रिकासँग पनि संयुक्त तथा छुट्टा छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । ती छलफलहरु व्यापारीक साझेदारीता, आतङ्कबाद, सुरक्षा लगायतका विषयमा केन्द्रीत हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक