बैरुत, २८ असोज । सिरियाको अलेप्पो सहरमा विद्रोहीको बलियो प्रभाव रहेका जिल्लालाई लक्ष्यगरी शुक्रबार पनि सिरिया र रसियाली युद्धकविमान आक्रमण भएको मानवअधिकारवादी समूहले जनाएको छ ।
दर्जनौको सङ्ख्यामा भएको यो हवाई आक्रमण विश्वका शक्तिराष्ट्रहरु सिरियामा पुनः युद्धविरामको विषयमा नयाँ वार्ताको तयारी गरिरहेको बेलामा भएको जनाइएको छ ।
सिरियामा गत तीनदिन यता रसिया र सिरिया सरकारआवद्ध हवाई आक्रमण जारी रहेको र यसमा परी दर्जर्नौको सङ्ख्यामा सर्वसाधारण मारिएका छन् ।
शुक्रबार पनि विहानैबाट नै हवाई आक्रमण सुरु भएको बेलायतसँग आवद्ध मानवअधिकारीवादी समूह ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’का प्रमुख रामी अब्देल रहमानले जानकारी दिनुभएको छ ।
यस आक्रमणबाट तत्काल मानवीय क्षतिको एकिन सङ्ख्या भने प्राप्त नभएको रामीले बताउनुभएको छ ।
सिरियाली र रसियाली सरकारी सैनिकले पूरा अलेप्पो सहर नियन्त्रणमा लिनको लागि गत सेम्टेम्बर २२ देखि सुरु गरेको भीषण कारबाहीमा परी ७० बालबालिकासहित ३७० व्यक्तिको मृत्यु भईसकेको छ । पूर्वी अलेप्पो सन् २०१२ बाट नै सिरियाली विद्रोही समूहले कब्जा लिएका थिए ।
गत मङ्गलबार विद्रोहीको बलियो प्रभाव रहेको इलाकालाई लक्ष्यगरी गरिएको हवाई आक्रमणमा सात बालबालिकासहित ५६ व्यक्तिको मृत्यु भएको अब्जरभेटरीका प्रमुृख रामीले बताउनु भएको थियो । त्यसैगरी बुधबार भएको हवाई आक्रमणमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।
सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो ।
सो जनआन्दोलन केही समयपछि गएर गृहयुद्धमा परिणत भयो । सो गृहयुद्ध हालसम्म पनि जारी रहेको छ र यसमा परी दुई लाख ९० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने, लाखौँ व्यक्ति घाइते भएका छन् ।
लाखौँ व्यक्ति आफ्नो घरवास छोडी देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य छन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम