
वासिङटन (अमेरिका), २८ असोज । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीतर्फका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि विपक्षीले अमेरिकी महिलामाथि यौन हिंसा गरेको भनी लगाएका आरोपले क्रमशः सफाइ पाइरहेको नेता माइक पेन्सले शुक्रबार बताउनुभएको छ ।
निर्वाचनमा ट्रम्पलाई जस्तो सुकै लाञ्छना लगाए पनि रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी राष्ट्रपतिका लागि योग्य उम्मेदवार रहेकाले ट्रम्पको विजय सुनिश्चित भएको पेन्सको भनाइ थियो ।
शुक्रबार अमेरिकी टेलिभिजन फक्स न्युजसँगको अन्तरवार्तामा रिपब्लिकन पार्टीद्वारा चलाएका चुनावी अभियानले ट्रम्पमाथि लगाइएका झुटा आरोपलाई खण्डन गर्दै अमेरिकी नागरिकबीच उहाँमाथि लगाइएका दोषारोपण सत्य नभएको स्पष्ट पार्न सफल भएको नेता पेन्सले बताउनुभयो ।
पेन्सले केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पमाथि लागेका यौन हिंसासम्बन्धी झुटो आरोपलाई अन्यायपूर्ण तरिकाले प्रचार गर्न लागिपरेको उहाँको दाबी छ ।
सञ्चारमाध्यमले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनको इमेल ह्याकसम्बन्धी समाचारलाई समेत अमेरिकी नागरिकबीच पु¥याउन र निर्वाचनबाट स्वच्छ, इमान्दार तथा दक्ष नेतृत्व चयन गर्न सहयोग गर्ने अभियान चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
पेन्सले ट्रम्पमाथि लगाइएका यौन हिंसासम्बन्धी आरोपको खण्डन गर्दै अमेरिकी महिला जो कहिल्यै पनि नेता ट्रम्पको सम्पर्कमा पुग्न सकेका थिएनन् । उनीहरु पनि ट्रम्पबाट पीडित भएको भनी प्रचार गरिनु आश्चर्यको कुरा भएको बताउनुभयो ।
ट्रम्पको फ्लोरिडा र ओहिओमा हालै सम्पन्न निर्वाचन अभियानमा ट्रम्पप्रतिको आकर्षण थप बढेको रिपब्लिकन समर्थकको दाबी छ । रासस, एपी
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा