
ओस्लो, २२ असोज । यस वर्षको नोवेल शन्ति पुरस्कार विजेता कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले कोलम्बियाको शान्ति प्रक्रिया टुङ्गोको निकै नै नजिक पुगेको बताउनुभएको छ ।
नोवेल शान्ति पुरस्कार प्राप्त गरेपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले अबका केही दिनमा नै कोलम्बियाली नागरिकले राखेको शान्तिको चाहाानाले सार्थकता पाउने बताउनुभएको हो ।
नोवेल शान्ति पुरस्कार प्राप्त गर्दा आफूलाई धेरै उर्जा मिलेको महसुश गरेको जानकारी पनि उहाँले दिनुभएको छ ।
संसार कै प्रतिष्ठित यस पुरस्कारले पक्कै पनि हामी सबैलाई शान्तिका लागि प्रेरित गरेको जानकारी पनि उहाँले दिनुभएको बताइएको छ ।
उहाँले आफूले प्राप्त गरेको सो उर्जा व्यक्तिगत रुपमा आफूलाई मात्र प्राप्त भएको नभएर देशको शान्तिको अभियानको लागि पनि हो भन्नुभएको छ ।
उहाँले यस पुरस्कार कोलम्बियाका लागि ठूलो उपलब्धि हो भन्दै आगामी दिनमा यसले शान्ति प्रक्रियाको पूर्णताका लागि आफूलाई र देशको लागि पनि सघाउने धारणा राख्नुभयो ।
उहाँले कोलम्बियाको शान्ति प्रक्रिया तार्किक निष्कर्षका पुग्ने चरणमा नै पुगेको पनि बताउनुभयो । उहाँले भन्नुभयो– दशकौँ लामो यस युद्धको अन्त्यको धेरै नै नजिक हामी पुगेका छौँ ।
एक अन्तरवार्तामा उहाँले उक्त पुरस्कार आफूले कोलम्बियाली नागरिकको नामबाट लिने पनि जनाउनुभएको छ ।
उहाँले भन्नुभयो–यो सबैको उपलब्धि हो, मैले कोलम्बियाली नागरिकको नाममा उनीहरुको सम्मानमा नै यो पुरस्कार ग्रहण गर्ने छु ।
उहाँले अब कोलम्बिया हिंसा अन्त्यको निकै नै नजिक आइसकेको र यसको औपचारिकता मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
नोवेल फाउन्डेसनका लागि फोनमा दिनुभएको अन्तरवार्तामा राष्ट्रपति सान्तोषले भन्नुभयो– आधा शताब्दि लामो द्वन्द्वका क्रममा हिंसामा परेका र यो युद्धका कारण सताइएका जनताको स्मरण गर्दै आफूले सो पुरस्कार ग्रहण गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।
राष्ट्रपति सान्तोषले भन्नुभयो– अब हामीले धेरै गर्नुपर्ने जस्तो छैन, तर जनताको प्रयास अझै पनि आवश्यक छ जसले गर्दा हामी शान्ति प्रक्रियाको अन्तिम टुंगोमा पुग्ने छौँ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा