
ओस्लो, २२ असोज । यस वर्षको नोवेल शन्ति पुरस्कार विजेता कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषले कोलम्बियाको शान्ति प्रक्रिया टुङ्गोको निकै नै नजिक पुगेको बताउनुभएको छ ।
नोवेल शान्ति पुरस्कार प्राप्त गरेपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले अबका केही दिनमा नै कोलम्बियाली नागरिकले राखेको शान्तिको चाहाानाले सार्थकता पाउने बताउनुभएको हो ।
नोवेल शान्ति पुरस्कार प्राप्त गर्दा आफूलाई धेरै उर्जा मिलेको महसुश गरेको जानकारी पनि उहाँले दिनुभएको छ ।
संसार कै प्रतिष्ठित यस पुरस्कारले पक्कै पनि हामी सबैलाई शान्तिका लागि प्रेरित गरेको जानकारी पनि उहाँले दिनुभएको बताइएको छ ।
उहाँले आफूले प्राप्त गरेको सो उर्जा व्यक्तिगत रुपमा आफूलाई मात्र प्राप्त भएको नभएर देशको शान्तिको अभियानको लागि पनि हो भन्नुभएको छ ।
उहाँले यस पुरस्कार कोलम्बियाका लागि ठूलो उपलब्धि हो भन्दै आगामी दिनमा यसले शान्ति प्रक्रियाको पूर्णताका लागि आफूलाई र देशको लागि पनि सघाउने धारणा राख्नुभयो ।
उहाँले कोलम्बियाको शान्ति प्रक्रिया तार्किक निष्कर्षका पुग्ने चरणमा नै पुगेको पनि बताउनुभयो । उहाँले भन्नुभयो– दशकौँ लामो यस युद्धको अन्त्यको धेरै नै नजिक हामी पुगेका छौँ ।
एक अन्तरवार्तामा उहाँले उक्त पुरस्कार आफूले कोलम्बियाली नागरिकको नामबाट लिने पनि जनाउनुभएको छ ।
उहाँले भन्नुभयो–यो सबैको उपलब्धि हो, मैले कोलम्बियाली नागरिकको नाममा उनीहरुको सम्मानमा नै यो पुरस्कार ग्रहण गर्ने छु ।
उहाँले अब कोलम्बिया हिंसा अन्त्यको निकै नै नजिक आइसकेको र यसको औपचारिकता मात्र बाँकी रहेको जानकारी दिनुभयो ।
नोवेल फाउन्डेसनका लागि फोनमा दिनुभएको अन्तरवार्तामा राष्ट्रपति सान्तोषले भन्नुभयो– आधा शताब्दि लामो द्वन्द्वका क्रममा हिंसामा परेका र यो युद्धका कारण सताइएका जनताको स्मरण गर्दै आफूले सो पुरस्कार ग्रहण गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।
राष्ट्रपति सान्तोषले भन्नुभयो– अब हामीले धेरै गर्नुपर्ने जस्तो छैन, तर जनताको प्रयास अझै पनि आवश्यक छ जसले गर्दा हामी शान्ति प्रक्रियाको अन्तिम टुंगोमा पुग्ने छौँ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस