काठमाडौँ, २१ असोज । नेपाल टेलिकमले ७५ वटै जिल्लामा जीएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत सो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गते उक्त सेवा सञ्चालन आरम्भ गरेको हो ।
टेलिकमले जीएसएम मोबाइलमा थ्रीजी सेवा विसं २०६४ जेठ ३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडाँै उपत्यकाको चक्रपथभित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा पछि सबै जिल्लामा विस्तार गरेको हो । थ्रीजी सेवामार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
दसैँ, तिहार र छठमा विशेष छुट
टेलिकमले दसैँ, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुबैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीने हाल प्रति एमबी ७ पैसासम्ममा रात्रि डाटा प्याकेज उपलब्ध गराइरहेको जनाएको छ ।
रात्रि डाटा अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । सो सेवाअन्तर्गत रु ४० मा ५०० एमबी र रु ८५ मा एक हजार २०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । रात्रि डाटा अफर आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने बताइएको छ ।
त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफरअन्तर्गत १०० एमबीको डाटा रु ५० मा र २५० एमबीको डाटा रु १०० मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन सक्नेछन् । उक्त अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ गतेदेखि २१ गतेसम्म उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]