संयुक्त राष्ट्रसङ्घ, २० असोज । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेस संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट महासचिवका लागि बुधवार अनौपचारिकरुपमा छनौट हुनुभएको छ ।
“महासचिवका लागि हामीले एन्टोनियो गुटेर्रेसलाई छनौट गरेका छौं,” अक्टोबरका लागि राष्ट्रसङ्घको सुरक्षा परिषद्का अध्यक्ष रहनुभएका रुसका राजदूत भिताली चुर्किनले भन्नुभयो ।
औपचारिक मतदान भने स्थानीय समयाअनुसार बिहीबार बिहान १० बजे गर्ने तय भएको र अनौपचारिक तहबाट पारित नामलाई मतदानबाट पनि अनुमोदन गर्ने विश्वास लिइएको उहाँले बताउनुभएको छ
वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नु हुनेछ । उहाँले यसअघि राष्ट्रसङ्घ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाउनुभएको थियो ।
बुधवार सुरक्षा परिषद्को बैठकले छनौट गरेपछि अब उहाँको नाम परिषद्का १५ देशले मतदानमार्फत् औपचारिकरुपमा छनौट गर्नेछन् ।
परिषद्ले मतदानमार्फत छनौट गरेको व्यक्तिलाई १९३ देश नै सहभागी महासभाले अन्तिम अनुमोदन गर्नु पर्ने छ ।
उहाँको नामलाई अनुमोदन गर्नका लागि जातिसक्दो चाँडो महासभा बोलाउने तयारी भइरहेको महासभाका अध्यक्ष पिटर थोमसनका प्रवक्ताले जानकारी दिनुभयो ।
राष्ट्र सङ्घको महासचिवमा छानिनु भएका ६६ वर्षका गुटेर्रेसले आफ्नो छनौटका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँ सन् १९९५ मा पोर्चुगलको प्रधानमन्त्री चुनिनुभएको थियो ।
“नयाँ महासचिव छनौट गर्ने यो निकै महत्वपूर्ण प्रक्रिया हो, हामीले उच्च जिम्मेबारीबोधका साथ त्यस प्रक्रियालाई अगाडि बढाइरहेका छौं ।” चुर्किनले थप्नुुभयो ।
यसैबीच ब्राजिल र अर्जेन्टिनाले गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिव छनौट प्रक्रियामा पर्नुभएको भन्दै उहाँलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक