
काठमाडौँ, २० असोज । निजामती सेवाका सचिव तथा सहसचिवको कार्यक्षमताको मूल्याङ्कन गर्ने समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद्को बैठकले दसँै तथा तिहारको समयमा वन विनास हुने भएकाले वन मन्त्रालयबाटै तलब खुवाउने गरी वनपालेलाई काममा लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले कार्यरत ४५० जना वनपालेलाई काममा लगाउने र लोकसेवाको परामर्श लिएर पछि प्रक्रियामा लैजाने निर्णय भएको छ ।
सञ्चार मन्त्री कार्कीले केही महिना अघि प्युठानमा गएको पहिरोबाट प्रभावित जनतालाई रु १० हजार आर्थिक सहायता दिइएको र अहिले जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रमाणित गरेका परिवारलाई दसैँका अवसरमा थप रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको जानकारी पनि दिनुभयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]