
चितवनको दारेचोकस्थित फिस्लिङबाट गोरखाको भुम्लिचोकतर्फ नम्बर प्लेट नभएको यो ट्रकमा भीरको सडक भएर दसैँको बेलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । तस्वीर ः प्रशन्न पोखरेल, गोरखा, रासस
काठमाडौँ, १९ असोज । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ ।
असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले राससलाई जानकारी दिनुभयो ।
“थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ, यात्रुबाहक सवारी, जीपलगायत ठूला सवारी नै १० हजार नाघेका छन्, यसमा मोटरसाइकलको अभिलेख छैन”– उहाँले भन्नुभयो ।
उपत्यका बाहिरिने यात्रुले भने सहज रुपमा सवारी पाउन नसकेको गुनासो गरेका छन् । दाङ जाने टिकटका लागि पटक–पटक प्रयास गर्दा पनि नपाएपछि यस वर्ष दसैँमा घर जान पाउने÷ नपाउने टुङ्गो नलागेको यात्रु श्याम घिमिरेको गुनासो छ ।
सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैँमा उपत्यका बाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले ग्यारेजमा थन्किएका सवारी सञ्चालन गर्ने सहमति जनाए पनि सवारी पाउन नसकिएको यात्रुको गुनासो छ ।
यातायात व्यवसायीले अन्य सवारी चलाउन पनि नदिने आफ्ना सवारी पनि नचलाएर दुःख दिने गरेको यात्रु घिमिरेको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला भने सडक जीर्ण भएर सवारी जाममा परेकाले यात्रुले दुःख पाएको बताउनु हुन्छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक