
चितवनको दारेचोकस्थित फिस्लिङबाट गोरखाको भुम्लिचोकतर्फ नम्बर प्लेट नभएको यो ट्रकमा भीरको सडक भएर दसैँको बेलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । तस्वीर ः प्रशन्न पोखरेल, गोरखा, रासस
काठमाडौँ, १९ असोज । दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ ।
असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले राससलाई जानकारी दिनुभयो ।
“थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ, यात्रुबाहक सवारी, जीपलगायत ठूला सवारी नै १० हजार नाघेका छन्, यसमा मोटरसाइकलको अभिलेख छैन”– उहाँले भन्नुभयो ।
उपत्यका बाहिरिने यात्रुले भने सहज रुपमा सवारी पाउन नसकेको गुनासो गरेका छन् । दाङ जाने टिकटका लागि पटक–पटक प्रयास गर्दा पनि नपाएपछि यस वर्ष दसैँमा घर जान पाउने÷ नपाउने टुङ्गो नलागेको यात्रु श्याम घिमिरेको गुनासो छ ।
सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैँमा उपत्यका बाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले ग्यारेजमा थन्किएका सवारी सञ्चालन गर्ने सहमति जनाए पनि सवारी पाउन नसकिएको यात्रुको गुनासो छ ।
यातायात व्यवसायीले अन्य सवारी चलाउन पनि नदिने आफ्ना सवारी पनि नचलाएर दुःख दिने गरेको यात्रु घिमिरेको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला भने सडक जीर्ण भएर सवारी जाममा परेकाले यात्रुले दुःख पाएको बताउनु हुन्छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]