
काठमाडौँ, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधान संशोधनको कार्य अगाडि बढाउँदा देशलाई हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
पार्टीको चन्द्रागिरि नगर कमिटीले दसैँ, नेपाल संवत्, तिहार, छठलगायत पर्वका अवसरमा आज आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले करिब ८२ प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएको मुलुकमा उनीहरुको भावनाअनुसार हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मुलुकमा वैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै राष्ट्रमा विद्यमान समस्या समाधानका लागि देश र जनताको आवश्यकताका आधारमा सबै दल जिम्मेवार भई अघि बढ्नुपर्ने बताउनुभयो ।
अध्यक्ष थापाले देशमा बसोबास गर्ने सबै जाति समुदायका पर्व तथा संस्कृतिलाई सबैले स्वीकार्ने परम्पराले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।
सोही पार्टीका युवा नेता देवेन्द्र प्रधानले स्थानीय निकायको अभावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका कार्यले गति पाउन नसकेको बताउँदै चाडो स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभयो ।
चन्द्रागिरि नगर कमिटीका संयोजक प्रकाश थापाले चन्द्रागिरि क्षेत्रमा सबै जाति तथा समुदाय मेलमिलाप गरी बसेकाले पनि उक्त क्षेत्र समावेशी रहेको बताउँदै सबैका विभिन्न पर्वमा यस किसिमको सांस्कृतिक आदानप्रदान हुने गरेको जानकारी दिनुभयो ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम